काठमाडौँ । पछिल्लो २४ घण्टामा १५५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
Advertisement
देशभर गरिएको २ हजार २३९ र २ हजार ९१३ जनाको एन्टिजेन परीक्षणका क्रममा १५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
त्यस्तै, गत २४ घण्टामा ५४० जना सङ्क्रमित निको भएका छन् ।
उक्त अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ ।
देशभर हाल ८ हजार ८३९ जना सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये ९२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।