काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी मंगेशकरको आइतबार निधन भएको हो ।
Advertisement
सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा जन्मेकी उनले ३६ भाषामा ३० हजार भन्दा बढी गीत गाएकी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मंगेशकरको निधनले ‘देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको’ बताएका छन्।
सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन्।
मंगेशकरले नेपाली भाषामा पनि गीत गाएकी छन्। उनकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुन्।