काठमाडौं । गएको २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन्।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।
२४ घण्टाको संक्रमणदर ४१.१ प्रतिशत रहेको छ। यो संक्रमणदर अत्यधिक रहेको मन्त्रालयले जनाएको छ। अर्थात, सय जनामा परीक्षण गर्दा ४० जना भन्दा धेरै जनामा संक्रमण देखिरहेको छ।
यस्तै १० वर्ष मुनिका ९८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६९ जना कोरोना संक्रमित थपिएका छन् ।