सर्लाही । संघीयता विरुद्ध सञ्चालन हुन लागेको ‘काठमाडौं’ मार्चको तयारीका लागि अखिल (छैठौं) ले सर्लाहीमा दुई जिल्लाको संयुक्त बैठक सम्पन्न गरेको छ ।
बिहीबार सर्लाही र रौतहटको संयुक्त बैठक सर्लाहीको हरिवनमा बसेको हो ।
Advertisement
बैठकमा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल उपस्थित हुनुहुन्थ्यो । बैठकले दुवै जिल्लामा छुट्टाछुट्टै भेला गरेर मार्चको तयारी गर्ने निर्णय गरेको अखिल (छैठौं) ले जनाएको छ ।
सो संगठनले आगामी फागुन महिनामा संघीयता विरुद्ध ‘काठमाडौं मार्च’ सञ्चालन गर्दैछ । सोही सन्दर्भमा देशव्यापी रुपमा भेला तथा बैठकहरु बसिरहेका छन् ।