बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा रक्तिम सांस्कृतिक परिवारको प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा रक्तिमका केन्द्रीय सचिव हेमराज आश्रमले जनवादी गीत, संगीत र यसको महत्वबारे प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणको क्रममा आश्रमले कलाकारहरु सचेत र संगठित नभइकन समाजको सांस्कृतिक बिकृति र विसंगतिको अन्त्य गर्न नसकिने बताउँदै जनविरोधी व्यवस्थालाई कला र संगीतको माध्यमबाट प्रहार गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको व्यवस्था ल्याउन सबै कलाप्रेमीले जनवादी गीत संगीत मार्फत आ–आफ्नो ठाउँबाट गरिब दुःखीको गीत गाउन र सक्रिय हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल बुद्विजीवि संघका केन्द्रीय सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव टीका संगम विक, अखिल नेपाल शिक्षक संघ काठेखोलाका अध्यक्ष धन प्रसाद पुन, अखिल (छैठौं) धारा माविका सचिव ज्योति पुन लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

भेलाले जेनिसा पुनकोको अध्यक्षतामा ३३ सदस्यीय रक्तिम सांस्कृतिक परिवार वडा समिति तंग्राम चयन गरेको छ । जसको उपाध्यक्ष इच्छा थापा, सचिव कविशन थापा, सहसचिव रञ्जु पुन र कोषाध्यक्ष संगिता विक चयन हुनुभएको छ ।
सचिवालय सदस्यमा ज्योति पुन, निर्मला थापा, दिपेश विक, सुसन कँडेल, यमुना थापा, वर्षा पुन, सदस्यहरुमा मेनुका थापा, अनुशा पुन, दिपिशा पुन, रश्मी पुन, विनिता पुन, तिलक थापा, दिपा थापा , दिपिशा थापा (क), दिपिशा थापा (ख), अनिल विक, टीका थापा,नरमाया थापा, थापा, अप्सरा थापा, सुजा थापा, माया किसान, नमुना किसान सुमन विक ,प्रभा विक, चन्दकला विक, चित्रकला पुन कविता थापा, इच्चा विक रहनु भएको छ ।
कार्यक्रम रक्तिम सांस्कृतिक परिवार तंग्रामका अध्यक्ष जेनिशा थापाको अध्यक्षता, संगिता विकको सञ्चालन र निर्मला थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।