मेघराज रिष्मेली, जापान ।
जापानको कोबे शहरमा अध्ययनरत एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला परेका छन् ।
Advertisement
बुधबार (जनवरी १२ तारिख) विहान विश्वविद्यालयको दोस्रो तहमा अध्ययनरत बागलुङ घर भएका खड्का थरका ती विद्यार्थी आफनै कोठामा मृत फेला परेको जापान समाचार अनलाइनले उल्लेख गरेको छ ।
कोबे शहरको सुमियोसीमा बस्दै आएका २२ वर्षीय खड्कालाई आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने स्थानीय प्रहरीले जनाएको छ ।