काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement
कोरोनाको तेस्रो लहर सुरु भएको सातामै संक्रमितको संख्या दैनिक ५ सयदेखि एक हजारको दरले बढ्न थालेको हो।
१ हजार ९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन्। त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३ सय ८५ परीक्षण भएको थियो।