• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नेपालको जनवादी आन्दोलनमा मूल प्रवाहको भूमिका महत्वपूर्ण : महासचिव खनाल


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • सोलन (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले नेपालका जनवादी आन्दोलनमा मुल प्रवाहको भूमिका गौरवपूर्ण रहेको बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेलालाई सम्बोधन गर्दै महासचिव खनालले नेपालीहरुलाई सचेत पार्न समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    महासचिव खनालले भन्नुभयो, ‘मूल प्रवाहले एकातिर भारतस्थित नेपालीहरुको अभिभावकीय भूमिका निभाएको छ भने नेपालीहरुलाई राजनैतिक रूपमा सचेत गरी नेपालको जनवादी आन्दोलनलाई महत्वपूर्ण सहयोग पुर्याएको छ ।’

    खनालले नेपालमा जनताले आन्दोलनको बलमा स्थापित गरेका राजनैतिक उपलब्धिहरुलाई कुल्चने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    ‘छिमेकी देश भारतका कट्टर हिन्दुत्ववादी साशक, नेपालका राजावादीहरु नेपालमा हिन्दुराज्य र त्यसको आडमा राजतन्त्रको पुनर्स्थापना गर्ने षड्यन्त्र गरिरहेका छन् । एमालेको राजनीतिले पनि त्यसैलाई अगाडि बढाएको छ’ उहाँले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिको अंग रहेको एमसीसी सम्झौता पास गराउन प्रयास भइ रहेको छ । त्यो सम्झौता नेपालको सार्वभौमसत्ताको विरुद्धमा छ । नेपालको अतिक्रमीत भुमिको फिर्ताको लागी आन्दोलन अगाडि बढाउनु पर्ने आवश्यकता छ ।’

    खनालले अहिलेको अवस्था एकातिर जनताको बलिदानीपूर्ण आन्दोलनका उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्ने र अर्कोतर्फ प्रवासी नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने जिम्मेवारी थपिएको बताउनुभयो ।

    ‘त्यसै जिम्मेवारीलाई आत्मसात गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो आठौं अखिल भारत नेपाली एकता सम्मेलन ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थिति प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नारा तय गरेको छ’ उहाँले भन्नुभयो ।

    नेता खनालले उग्रवामपन्थको अन्ततः दक्षिणपन्थमा पतन भएको आरोप लगाउनु भयो। उहाँले नेकपा (मसाल) सबै प्रकारका प्रतिक्रियावादी, संशोधनवादी र उग्रवामपन्थी विचारको विरुद्ध सम्झौताहिन संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउँदै आइरहेको उल्लेख गर्नुभयो ।

    खनालले भन्नुभयो, ‘संख्या बलमा सानो भएता उसको दृष्टिकोण र राजनैतिक दिशा सहि भएकोले नै उसले अगाडि सारेको राजनीति समय सापेक्ष सही सावित भएको छ ।’

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य तथा हिमांचल राज्य समिति अध्यक्ष शोभाखर पंथ, केन्द्रीय सदस्य विरु श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।

    हिमांचल राज्य समितिका अध्यक्ष शोभाखर पंथको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन सहयोग समिति गठन गरेको छ । त्यस्तै, विरु श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति, राम सिंह पल्लीको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक समिति र भुवन केसीको संयोजकत्वमा ५७ सदस्यीय प्रचारप्रसार समितिको गठन गरेको छ ।

    क्षेत्रीय समितिका ठाकुर प्रसाद पंथको अध्यक्षता, धर्मसिंह डागरको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा आयोजक समितिको तर्फबाट सितारामले स्वागत गर्नु भएको थियो ।

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • २.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ३.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ४.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ५.
      शेयर कारोबार पुन : सञ्चालन

    • ६.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ७.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ८.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.