रवि पौडेल ##
पहिले गालकिो वर्षा आयो
रिस, राग र डाहले मेसै पाएन उसले
सबै पर्दाफास भयो
निरन्तर विरोध, विरोध, विरोध मात्रै आयो
Advertisement
पहिले पनि केही छलकपट त भएकै हो
उछिट्टिएर तातो खरानीमा परेपछि
ऊ छटपटिएको हो, रातो भुङ्ग्रोमा
तातो खरानीमा ऊ लतपतिएकै हो
छट्पटी छ अहिले पनि भ्रम कति छर्न सकिन्छ भनी
दादागिरी देखाउनकै लागि पनि घिर्सेको छ खुट्टामुनि
जबरजस्ती कति टिक्छ ? टिक्छन कति उनीहरू ?
आउँछन कति दिन ? बस्छन् कतिन्जेलि तिनीहरू
धोका, बेइमानस् र विश्वासघातमा उसको जीवन चलेको छ
आस्था शिखर चुम्ने बेला गुर्लुम्मै फेदमा ढलेको छ
आफ्नो औकात बिर्सिएर अरूलाई दोष दिन्छ
आत्मरति भैलो खेल्दै आफै ठुलो भन्छ
भ्रम छर्दै खनेको बाटो, पुरिँदै पुरिँदै आएको छ
वास्तविकताका किरणहरू मन मनमा छाएको छ
गल्ती गल्तीका रोदनहरू एकीकृत भएका छन्
झुट, कपटी र बेइमानलाई चिन्न सक्ने भएका छन्