रिष्मेली मेघराज, टोकियो (जापान)
जापानमा एक जना नेपालीको हृदयघातका कारण मृत्यु भएका छ । ह्योगो केन इतामी सी मा बस्दै आउनुभएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका कर्लिमका ४२ वर्षीय नन्दलाल कँडेलको जनवरी २, २०२२ का दिन निधन भएको हो ।
Advertisement
उहाँ त ११ वर्षदेखि जापानलाई कर्म थलो गराउँंदै आउनुभएको थियो । आफ्नै कोठामा सुतेको अवस्थामा हृदयघातका कारण उहाँको मृत्यु भएको जापान नेपाली एकता समाज ह्योगो क्षेत्रीय अध्यक्ष भूवन सापकोटाले युगदर्शनलाई जानकारी दिनुभयो ।
कँडेल जापानमा कुक पेसामा कार्यरत हुनुन्थ्यो । कँडेल श्रीमतीसहित जापानमा बस्दै आउनुभएको थियो भने उहाँका दुई छोरा नेपालमै हजुरबुबा–हजुरआमासँगै रहेका छन् ।