खुम रायमाझी, कुवेत ।
कुवेतमा एक नेपाली नागरिकको हृदयाघातबाट मृत्यु भएको छ । रुकुमको चौरजहारी–१० घर भएका ४३ वर्षीय महेश घर्तीको गत २८ डिसेम्वर २०२१ का दिन हृदयाघातबाट मृत्यु भएको हो ।
Advertisement
घटनाबारे युगदर्शनलाई जानकारी दिँदै नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले घर्ती ३ वर्षअघि कुवेत आएका र यहाँको एक अमेरिकी विश्वविद्यालयमा सुरक्षाकर्मीको रुपमा कार्यरत रहेका बताउनुभयो ।
उनको परिवार राजदूतावाससँग सम्पर्कमा आइसकेकोले अब मृतकको शवलाई केही कानुनी प्रक्रिया पुरा गरी कम्पनीको समन्वयमा छिट्टै नेपाल पठाइने उहाँले जानकारी दिनुभयो ।
मृतकको घरमा श्रीमती, ३ छोरी र १ छोरा रहेको बुझिएको छ ।