काठामााडैं । कथालय इन्कद्वारा प्रकाशित चित्रकथा ‘अनौठो वरदान’ एक पौराणिक कथा प्रस्तुत गरिएको छ।
Advertisement
कथामा राजा हिरण्यकशिपु अमरत्व प्राप्त गर्न चाहन्छन् र उनी अमरत्व प्राप्तिका लागि हिमालय पर्वतमा भगवान ब्रह्माको कठोर तपस्या गर्न थाल्छन्। हिरण्यकशिपु भगवान ब्रह्माबाट अमरत्वको वरदान प्राप्त गर्न सफल हुन्छन्।
लेखक महेश्वर चापागाईंको पहिलो बालपुस्तक र दीपक थामीको चित्राङ्कन रहेको यस चित्रकथामा घमण्ड, अहंकार र दम्भले मानिसलाई पतनको बाटोतीर उन्मुख गराउँछ भनेर देखाइएको छ।