कोटी प्रसाद पोख्रेल, चेन्नई।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समिति अन्तर्गत महिला विभागका सदस्य कमला अधिकारीलाई प्रवासबाट विदाई गरिएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी मूल प्रवाहले अधिकारीलाई विदाई गरेको हो । उहाँ अब स्वदेश फर्कनु भएको छ ।
रितु भुसालको अध्यक्षता तथा सन्तु बोहराको सञ्चालनबाट अगाडि बढेको सो विदाई कार्यक्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, चेन्नई पूर्व नगर समितिका सचिव टीका थापा, नगर सदस्य लोक प्रसाद पराजुलीको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा नगर समितिका कोषाध्यक्ष सूर्य प्रसाद भुसालले स्वागत मन्तव्य दिनुभएको थियो ।
विदाई कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले मूल प्रवाह नेपालहरुको मुटुको ढुकढुकी हुनुका साथसाथै प्रवासीहरुको एउटा सामाजिक घर पनि भएको बताउनु भयो ।
‘यो घरभित्र जो शिक्षा प्राप्त गर्नुभएको छ, त्यो मार्फत सबै प्रकारका अवसरवादीहरुलाई परास्त गर्दै अगाडि बढ्नु पर्ने समयको माग हो’ थापाले भन्नु भयो, ‘स्वदेशमा फर्किसकेपछि पनि ‘राष्ट्रिय जनमोर्चामा आबद्ध रही राष्ट्रियता र सर्वहारवर्गको पक्षमा सक्रिय रहन आग्रह गर्दछु।’
नगर सचिव टीका थापा, नगर सदस्य लोकप्रसाद पराजुलीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कमला आधीकारीले आफूले लामो समयसम्म मूल प्रवाह भित्र एउटा परिवारिक रुपमा रहेर काम गरेको भन्दै एकता समाजबाट प्राप्त गरेको शिक्षालाई खेर जान नदिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।