काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका एक चिकित्सकले स्वास्थ्य जाँच गर्न आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेका छन् ।
Advertisement
सो अस्पतालमा कार्यरत डा. रोहितकुमार झालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । उनले उपचारका क्रममा युवतीमाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।
डा.झाले नियमित स्वास्थ्य जाँचका लागि आएकी ति युवतीमाथि बलात्कार प्रयास गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । पीडित युवतीको जाहेरीपछि प्रहरीले झालाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार बलात्कार प्रयास गरिएकी युवती इन्जिनियर हुन् ।