काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ८४५ पुगेको छ । पछिल्लो समय थप ३६२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या आठ लाख सात हजार ५१६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ ।
कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय दुई लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६८९ जना छ ।