नयाँ दिल्ली । भारतको राजस्थानस्थित भिवाडीमा एक नेपाली मजदुरको ह्रदयाघातका कारण निधन भएको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नम्वर २ नयाँ गाउँ कुनाखर्कका ३८ वर्षीय श्याम बहादुर जिसीको निधन भएका हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्यसमेत रहेका जिसीलाई कम्पनीमा काम गर्दा हल्का टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए । तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका मूल प्रवाहका मध्य पश्चिमोत्तर क्षेत्रीय सदस्य रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
जिसी मूल प्रवाह मध्यपश्चिमोत्तर क्षेत्र अन्तर्गत भिवाडी नगर समिति सदस्य अमृत कुमार खड्काका जेठान एवम् महिला विभाग भिवाडीकी अध्यक्ष कल्पना खड्काका दाजु हुन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिले जिसीको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।