• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।

    Advertisement

    पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैँ दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबीबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।

    प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन् । विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो । विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याइरहेको छ । प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबीबीएस)को पढाइ सुरु गरेको छ । यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबीबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिनुभयो ।

    राष्ट्रपतिबाट शिलान्यास
    राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्नुहुने उपकुलपति डा रावलले जानकारी दिनुभयो । करिब रु ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँचतले हुनेछ ।

    कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (वीएन) २० र ब्याचलर अफ फार्मेसी (बीफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ । विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) सुरु भइसकेको छ ।

    यस्तै प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ । बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जीपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ ।

    प्रतिष्ठानमा विशेषज्ञ सेवा
    प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा रावलले बताउनुभयो ।

    छातीरोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन् ।

    न्यूरोलोजिष्ट डा सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा प्रवीण गिरी रहनुभएको छ । यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रियालगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ ।

    ‘हामीले कर्णालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पु¥याइरहेका छौँ’, डा रावलले भन्नुभयो, ‘अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौँ । हामी सबै सेवा यहीँ दिन्छौँ ।’

    अहिले प्रतिष्ठानले दैनिक ४०० भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ । प्रतिष्ठालले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरिरहेको छ । एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय–समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ ।

    ‘संघीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय–समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ ।’

    अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन् । यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताउनुभयो । उहाँले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताउनुभयो ।

    पिछडिएको क्षेत्र कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ ।

    स्वास्थ्य सूचांकमा प्रगति
    कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचांकमा पनि प्रगति भएको छ । प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचांकमा प्रगति भएको हो । प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ ।

    यस्तै ६२.३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा माधव चौलागाईँले जानकारी दिनुभयो । जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ । उहाँले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताउनुभयो ।

    उहाँका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन् । यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भएका छन् । जनस्वास्थ्यविद् डा चौलागाईँले बच्चालाई खोप, बाल मृत्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताउनुभयो ।

    स्वास्थ्य अनुसन्धान केन्द्र
    कर्णाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्च्यिुट रिभ्यू बोर्ड’ गठन गरिएको छ । सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ ।

    उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ । यस्तै प्रतिष्ठानले आफैँ पनि जर्नल प्रकाशित गर्ने गरेको छ । कर्णाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धानलाई समेटेर चार÷चार महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठानका डिन डा भट्टराई जानकारी दिनुभयो ।

    चिकित्सकद्वारा नेपालगञ्ज पुगेर सेवा
    कोरोना भाइरसको बेला कर्णालीका चिकित्सकले कर्णालीमा मात्र नभई नेपालगञ्जसम्म नै पुगेर बिरामीको उपचार गरेका थिए । नेपालगञ्ज कोरोना भाइरसको ‘हटस्पट’ बनेको बेला प्रतिष्ठानका चिकित्सक नेपालगञ्ज आई बिरामीको उपचार गरेका थिए । सघन उपचार विशेषज्ञ डा गिरीको नेतृत्वमा स्वास्थ्यकर्मी आई नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गरेका थिए । यस्तै रुकुममा डा अनुपमङ्गल समाल, मुगुमा डा सिद्धार्थ खातीले कोरोना महामारीमा उपचार गर्नुभएको थियो ।

    प्रतिष्ठानका उपकुलपति डा रावलले कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा प्रतिष्ठानले कर्णालीको जनताको मानव विकास सूचाङ्कमा परिवर्तन गर्न सकिने बताउनुहुन्छ ।

    उपकरण र सुविधाको अभाव
    प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन । तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन् । यस्तै इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ ।

    विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा रावलले बताउनुभयो । यस्तै इन्टरनेटका लागि फाइवर दैलेखसम्म मात्र बिछ्याइएको छ । जसले गर्दा जुम्लामा राम्रोसँग इन्टरनेट सेवा पुगेको छैन । यस्तै बजेट अभावले चिकित्सकले उपचार गर्नका लागि आवश्यक उपकरणको पनि अभाव रहेको छ । उपकरण उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जानकारीसमेत गराइसकेको छ ।

    चिकित्सक टिकाउन भने गाह्रो
    चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ । चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कुल, कलेजलगायत अन्य सुविधा नहुँदा चिकित्सकलाई टिकाउन गाह्रो भएको उपकुलपति डा रावलले बताउनुभयो ।

    अन्य प्रतिष्ठानको भवन संरचना तयार भइसकेपछि सञ्चालनमा आउने गर्दछ । तर कर्णाली प्रतिष्ठान भने भवन बन्दै गरेको अवस्थाबाट नै सञ्चालनमा आएको छ । अझै भवन बन्न केही समय लाग्छ । अहिले शैक्षिक भवन नबन्दा स्थानीयवासीको घर भाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको उहाँ बताउनुहुन्छ ।

    कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताउनुभयो । उहाँले प्रतिष्ठान कर्णालीका विकास मोडल भएको भन्दै पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन भएको बताउनुभयो ।

    ‘पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ’, उहाँले भन्नुभयो, ‘कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन् । कर्णालीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ ।’ (रासस)

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.