चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत सेतियातोप एरिया समितिको ‘१९औं’ वार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उदघाटन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य बालाकृष्णा गायकले सामाजिक संगठनको रुपमा स्थापना भएको मूल प्रवाह आज देशको अग्रगामी परिवर्तनको राजनैतिक आन्दोलनमा समेत सहभागी हुँदै आएको बताउनुभयो । उहाँले मूल प्रवाहको ऐतिहासिक, संघर्षशील र तुफानी गतिलाई रोक्न केही फुटपरस्तहरुले सपना देखे पनि त्यो सपनामै सिमित हुने ठोकुवा गर्नु भयो ।
मूल प्रवाहका केन्द्रीय परिषद सदस्य हेम बिजी, क्षेत्रीय सदस्य गोकुलबहादुर गायक, गोविन्दबहादुर हमाल र विनोद जिसीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सो सम्मेलनले सूर्यमान गिरीको अध्यक्षतामा ९ सदस्सीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमप्रसाद पराजुली, सचिव संगिता गन्धर्व, सहसचिव हेम बहादुर गन्धर्व र कोषाध्यक्षमा गोकुल गायक रहनुभएको छ ।
सदस्यहरुमा होमबहादुर जिसी, गोविन्दबहादुर हमाल तथा वैकल्पिक सदस्यहरुमा प्रेम बहादुर गायक र अर्जुन गायक हुनुहुन्छ ।
नव निर्वाचित कार्यसमितिलाई केन्द्रीय सदस्य बालाकृष्णा गायकले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । सुर्यमान गिरीको अध्यक्षता संगिता गन्धर्वको सञ्चालन तथा प्रेम प्रसाद पराजुलीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको छ ।