नयाँ दिल्ली। भारतको महाराष्ट्रबाट एक नेपाली महिला बेपत्ता भएकी छन् । सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ की पुजा नेपाली ४ वर्षको छोरासहित गत मंसिर १२ गते (२८ नोभेम्बर) देखि बेपत्ता भएकी छिन् ।
Advertisement
इश्वर नेपालीकी श्रीमती पुजा छोरा विवेक नेपाली सहित महाराष्ट्र पुणेको चाकणबाट वेपत्ता भएकी परिवारजनले जनाएका छन् ।
पूजाको खोजीका लागि आवश्यक पहल गरिदिन परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग आग्रह गरेपछि मूल प्रवाहले खोजी सुरु गरेको छ ।
उचाई करिब ५ फिट २ इन्च, गोरो वर्ण भएकी पूजा फेला परेमा मूल प्रवाहको पुना नगर समितिमा ८१७७९७२४०९, ७२४९२७२३७४ तथा स्वदेशमा ०९७७–९७४२२६४८६६ मा जानकारी दिनुहुन आफ्न्त र मूल प्रवाहले अनुरोध गरेको छ ।