खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समान सुदूरपश्चिमोत्तर क्षेत्र अन्तर्गत संगरुर नगर समितिका सदस्य लिलाराम पाण्डेलाई मातृ तथा पितृशोक परेको छ । पाण्डेका आमाबुबा एवम् महिला क्षेत्रीय सदस्य लक्ष्मी पाण्डेका सासु ससुरा दुवैजनाको दुई महिनाको अन्तरालमा निधन भएको हो ।
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वार्ड नम्बर ६ बैरेनी दमारा निवासी बिष्प्णु प्रसाद पाण्डेको ९४ वर्षको उमेरमा २२ सेप्टेम्वरका दिन तथा पुनादेवि पाण्डेको ८३ वर्षको उमेरमा २ डिसेम्बरमा दुःखद निधन भएको हो ।
नगर सदस्य रामप्रसाद खनाललाई मातृशोक
यस्तै, मूल प्रवाह संगरुर नगर समितिका सदस्य रामप्रसाद खनालकी आमा पूर्णकला खनालको ७५ वर्षको उमेरमा निधन भएको छ ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्वर १ ढाकाबाङ निवासी पूर्णकलाको आफ्नै निवासमा २१ नोवेम्वर २०२१ को निधन भएको हो ।
नगर सदस्य पाण्डेलाई परेको मातृ तथा पितृशोक तथा खनाललाई परेको मातृशोकप्रति मूल प्रवाह संगरुर नगरसमितिले गहिरो दुःख प्रकट गरेको छ ।