तिलक थापा, बाग्लुङ
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर बाग्लुङको बुर्तिबाङमा वाम गठबन्धनको चुनावी जनसभा सम्पन्न भएको छ ।
वाम गठबन्धनको बिशाल जुलुशले बुर्तिबाङ बजार परिक्रमा गरेपछि आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले विकास, समृद्धि सँगै राष्ट्रिय एकता कायम गर्न र समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न बाम एकता गरिएको बताउनु भयो । प्रचण्डले यो प्रदेशको समग्र विकासको लागी आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । साथै उहाँले पार्टी केन्द्रको निर्णय प्रती बफादार हुन सबै नेता कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एबं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले अहिले देशको राष्ट्रियता र भौगोलिक अखण्डता अत्यन्त कमजोर अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा राष्ट्रियताको रक्षा मुख्य कार्यभार भएको बताउनुभयो । अध्यक्ष केसीले बर्तमान सरकारलाई राष्ट्रियताको पक्षमा काम गर्ने बातावरण निर्माण गर्न खिमबिक्रम शाहीले जित्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव एवं पूर्व अर्थमन्त्री बिष्णु पौडेल, नेकपाका स्थायी समिति सदस्य एवं प्रतिनिधि सभाका सदस् देवेन्द्र पौडेल, नेकपा नेता शेरमान घर्ती मगर, दिवङ्गत टेक बहादुर घर्तीकी श्रीमती सुनमाया घर्ती मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस्तै, साझा बाम उमेदवार खिमविक्रम शाहीले सम्बोधनका क्रममा आफ्नो क्षेत्रको समस्याका फेहरिस्त प्रस्तुत गर्दै ति समस्या समाधानका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण पौडेल, राजमो पूर्व सचिव कृष्ण अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश अध्यक्ष हितराज पाण्डे, सचिव गोबिन्द नेपाली, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, राजमो केन्द्रीय सदस्य एवं जिल्ला समन्यव समिति बाग्लुङका प्रमुख राजेन्द्र ढुंगाना, राजमो नेता तिलक थापा, ऊप प्रमुख बिष्णु भुषाल, ढोरपाटन नगरपालिका प्रमुख देब कुमार नेपालीको आतिथ्यता रहेको थियो ।
यस्तै, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, सचिव भिमलाल पोखरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य पियारी थापा, प्रदेश मामिला समितीका सभापति कृष्ण थापा, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अखिलका केन्द्रीय सदस्य जिवन शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, बरेङ गाऊँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, बडीगार्ड गाऊपालिकाका अध्यक्ष मेरसिङ पाईजा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षता, ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपालीको स्वागतका साथ अघि बढेको कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरेले गर्नुभएको थियो ।