• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अशक्तको सशक्त धार (सन्दर्भ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस)


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##

    Advertisement

    भित्र बस भन्दाभन्दै भित्र बस्ने भैयो ।
    हिँड्नुहुन्न भन्दाभन्दै नहिँड्ने पो भैयो ।।
    के गर्ला भन्दाभन्दै काम नलाग्ने भैयो ।
    घाम नलाग्ने कालकोठरी कुरी बस्ने भैयो ।।

    बिरालोलाई सुरी भन्दै दुध र भात खायो ।
    त्यै मान्छेको सन्तानले सराप गाली खायो ।।
    भित्रबाहिर जता पनि बिरालो डुल्यो ।
    मानिसको जिन्दगीलाई कोठाभित्र थुन्यो ।।

    बिरालोको संसार ठुलो मानिसको सानो ।
    त्यो संसारको कोठाभित्र छैन माया न्यानो ।।
    बिरालोले पाउने माया मान्छे पाउँदैन ।
    बिरालोले पाउँछ काख मान्छे पाउँदैन ।।

    नछो नछो भन्दाभन्दै नछोई बस्ने भैयो ।
    पर पर भन्दाभन्दै परै बस्ने भैयो ।।
    तल तल भन्दाभन्दै तलै बस्ने भैयो ।
    पर बसी बन्धनमा आँसु झार्ने भैयो ।।

    धर्ती हाम्रो घर हुन नसकेको किन ।
    दोष के छ गल्ती के छ दिल खोलेर भन ।।
    मान्छे किन भयो होला घमण्डको भाँडो ।
    बाजाहरू उठेका छन् बिज्न तिखो काँडो ।।

    सीमावारि सीमापारि सात समुद्रपारि ।
    घरभित्र मात्र हैन सात डाँडापारी ।।
    मानिसको जातभन्दा हामी पर भयौँ ।
    मन उज्यालो छैन भने अन्धकारमा गयौँ ।।

    मानवताको पाठशालामा खै त बस्ने ठाउँ ।
    देश धर्ती नभएका हामी कहाँ जाऊँ ।।
    शासनले हामीलाई नदेखेको किन ।
    हाम्रो आवाज सुन्नलाई नटेरेको किन ।।

    प्रतिभाले साथ दिन्छ कोठाबाट उठ्छौँ ।
    संसारले नरचेको इतिहास रच्छौँ ।।
    कुटीपिटी शासनले धुलोपिठो पार्ला ।
    देश धर्ती नभएका हाम्लाई मार्न सक्ला ।।

    हामी मर्छौं हाम्रो आवाज मर्न दिने छैनौँ ।
    अत्याचारलाई सजिलरी सास फेर्न दिन्नैँ ।।
    जमिनमा टेक्न पाऊँ संसार देख्न पाऊँ ।
    अन्धकारका कोठाभित्र बाट मुक्ति पाऊँ ।।

    थोत्रा भए यी पाठशाला मानवताले पढ्ने ।
    मानवता भए किन कोठाभित्र सड्ने ।।
    अधिकार कसले दिन्छ खोसी लिनुपर्छ ।
    देश धर्ती नभएकाहरू जुट्नुपर्छ ।।

    कुराले त कमिलाले पनि संसार जित्छ ।
    कमिलाको ताँती बरु एकताको हुन्छ ।।
    न त हाम्रो राज्य देश न मायाको ठाउँ ।
    जता जाऊँ नाकाबन्दी भन कता जाऊँ ।।

    बोली मिठो पिँजडाको सुगा मैना राम्रो ।
    हामी मान्छे खै त देश खै त राज्य हाम्रो ।।
    बाटो खोजी हिँड्छौँ भने समाजको डर ।
    हाम्रो किन नभएको न्याय पाउने घर ।।

    अपमान मिठो हुन्न हाम्लाई दिने किन ।
    यहाँभन्दा हाम्रो संसार कहाँ छ खै भन ।।
    कोठाभित्र सडाएर राख्नु किन पर्यो ।
    कसले देख्ने कोठाभित्र आँसु यति झर्यो ।।

    माया पनि मानिसले बिलो लाउँछ किन ।
    मानिसमाझ मुटुमा ठोक्छ किलो किन ।।
    मेरो संसार खोसिकन बाँच्नु राम्रो होइन ।
    कोठाभित्र आँसु झार्नु मानव न्याय हैन ।।

    मानिसको संसारमा पीडा हुँदै हुन्न ।
    मान्छे भए मानिसलाई किन भन्छन् छुन्नँ ।।
    माटोढुङ्गा मात्र हैन मानिसको संसार ।
    कोही भन्दैन कोठाभित्र आँसु नझार ।।

    मानवताले लाउँदैन भेदभावको भाग ।
    थोरै बाच्नुपर्छ भन्ने नगर है माग ।।
    हामी भन्छौँ हाम्रो सुन्दर संसार खोस्ने भाग ।
    सयौँ फूल फुले जस्तै फुल्ने हाम्रो माग ।।

    यी आँसुका ढिक्का पनि गाँठो परी खस्छन् ।
    आँसु ढिक्का गालामाथि गाँठो परी बस्छन् ।।
    संसारमा होला के नै गाँठो नपरेको ।
    मान्छे भन्छ आखाबाट आँसु खसालेको ।।

    आँसु हैन समस्याको गाँठो खसालेको ।
    तातोचिसो जे हो आँसु गाँठो खसालेको ।।
    मूल बनी भुल्भुलाउँछ त्यै गाँठो भुलको ।
    पानी पिए पनि गाँठो त्यो भुलभुले मूलको ।।

    मानिसको माया गाठो आफ्नै छाया गाँठो ।
    तर्साउने जीवन गाँठो विश्व वैभव गाँठो ।।
    घरमै गाठो मनै गाँठो विज्ञान शब्द गाँठो ।
    शब्द गाँठो अर्थ गाँठो बोल्ने वाक्य गाँठो ।।

    अर्थ बोक्ने शब्दहरू झन् झन् जटिल गाँठो ।
    मुखबाट उम्किएको लय बोली गाँठो ।।
    गनाउने चिसो कोठा झन् दमनको गाँठो ।
    गाँठो पनि सरल हो र झन् जटिल गाँठो ।।

    जहाँ पनि समस्याले गाठो पारेको छ ।
    त्यही गाँठोले चिसो कोठाभित्र मारेको छ ।।
    गाठो हेर्दा कहिले पनि निकास पाइने छैन ।
    चढाउने फुकाउने हार खाने हैन ।।

    बाधाबाट विचलित कैले हुनुहुन्न ।
    जीवन रहेसम्म गाँठो आइनलाग्ने हैन ।।
    गाँठो फुकाई सिर्जनाको युग जगाउन उठौँ ।
    हाम्लाई ठग्ने खराबीलाई चिहानमा पुरौँ ।।

    अधमरा अधनालाई देश दिएर नासियो ।
    अझै पनि यिनै रहे देश भासियो ।।
    अशक्त हुन् भन्दाभन्दै झन् अशक्त पारियो ।
    गणतन्त्र ल्याउने हाम्रो मूल्य हरियो ।।

    छेउकुनासम्म भूमि पहाड मैदान फाँटका ।
    झुटको खेती उखेल्नलाई उठ आँटका ।।
    सर्जकहरूको संसारमा अशक्त भई बाँच्दैनन् ।
    शासनले हेप्छ भने पनि सहन्नन् ।।

    बल हुनेको बल चल्छ हक अझै थपी दे ।
    हामी भन्छौँ चिसो कोठाबाट मुक्ति दे ।।
    दुनियाँको हक खुल्दा हाम्रो किन खुल्दैन ।
    बल हुनेको गणतन्त्र हाम्लाई हेर्दैन ।।

    आसेगाँसे हैनौँ हामी न त आसेपासे हौँ ।
    कोठाभित्र थुनिएका नागरिक हौँ ।।
    हेपिने र थिचिनेमा हामीभन्दा को होला ।
    अराजक शासनको कस्तो मन होला ।।

    कमाउनुको धन्दामा छन् रक्षा ठेक्का लिएका ।
    यो अँध्यारो चिसो कोठा खै त हेरेको ।।
    आन्दोलनमा खट्न सक्ने अधिकारमा नअट्ने ।
    मुटु दह्रो गरौँ चिसो कोठा नकुर्ने ।।

    हाम्लाई पनि विकासको न्यानो घाम लाग्न दे ।
    हराभरा जिन्दगानी हाम्लाई बाच्न दे ।।
    सुर्के गाँठो कसिकन कोठाभित्र नमार ।
    फुल्न देऊ उड्न देऊ शक्ति अपार ।।

    डाक्टरको आन्दोलनले छिनमै गल्छ शासन ।
    तस्तै तागत अशक्तले पनि जगाउन ।।
    हर देशमा अशक्तले आन्दोलन गर्ने हो ।
    मानवीय संसारको निर्माण गर्ने हो ।।

    बहुदल र गणतन्त्र हाम्रो हुन सकेन ।
    अन्धकार चिसो कोठा हाम्लाई छोडेन ।।
    बहुदल र गणतन्त्र ल्याउन हाम्रो मूल्य छ ।
    सत्ताधारी चिल चितुवा हाम्लाई खा’को छ ।।

    पढे पनि सडकमा मागे गीत गाएर ।
    लाज पचेका चितुवा खाए ठगेर ।।
    हामी अघि लागेका हौँ बन्दुक गोली टेरेनौँ ।
    भाँच्ने हिम्मत गरेका हौँ धन्नै मरेनौँ ।।

    टाउकामाथि आज हाम्रा अलच्छिन चिल घुम्छन् ।
    कोठाभित्र लुक्नेहरू नाइके बन्या’छन् ।।
    हामी किन कुर्ने अब चिसो कोठा अँध्यारो ।
    घाम जुन अस्त भए संसार अँधेरो ।।

    उठ घाइते काइतेहरू देश चलाउन सकेनन् ।
    यति छाडा संसारमा कोही भएनन् ।।
    मुख पनि कत्रा होलान् गाँसमा देश खाइसके ।
    गिद्धहरू परेवालाई टोक्ने भइसके ।।

    चिसा कोठा उठ अब चर्काउने र थर्काउने ।
    गिद्ध नाच्ने हैन देशमा न्याय पाउने ।।
    न त हामी भागबन्डाको बिलो खाने परियो ।
    प्रतिभाको अपमानमा हामी परियो ।।

    दुच्छरहरू किन नहोला हाम्लाई तल पारेका ।
    भागबन्डाको बिलोबाट पाखा पारेका ।।
    नदेखे झैँ गरेका छौँ खतराको दिनमा ।
    खतराका दिन जान्छन् आगो बनेमा ।।

    सडकमा हामी आयौँ तब जनता आएको ।
    बहुदल र गणतन्त्र हामीले ल्याएको ।।
    कोठाभित्र चिसो मुटु गराई बस्या हैनौँ र ।
    ओठमुख सुकाई कायर हार्या हैनौँ र ।।

    बहुदल र गणतन्त्र अशक्तको तागत छ ।
    यति मात्र कहाँ हो र रातो रगत छ ।।
    अपमान गरेका छौँ अझै गर सहन्छौँ ।
    अति हुँदा कालो शासन छिनमै ढलाउँछौँ ।।

    झिक बल जुर्मुराऊ हाम्रो चिसो कोठाले ।
    माग्ने हैन खोस्न जाग्ने देशमा ठाउँले ।।
    चिल्ला गाडी गुडेका छन् हाम्रो रातो रगतमा ।
    हाम्रो हालत मागिखाने भैयो सडकमा ।।

    बिरालाको भर पर्दा कुँडेको दुध खाइदियो ।
    अशक्तको प्रतिभालाई माग्ने पार्दियो ।।
    न त हाम्रा कुरा सुन्छ न त नजर लाउँछ ।
    हाम्रो देश हाम्रो धर्ती लुटी खा’को छ ।।

    बन्द कोठा खुल्छ बोल्छ देश चलाउने तागत छ ।
    नसा नसा हेर त्यहाँ तातो रगत छ ।।
    राजीखुसी बन्द कोठाभित्र कोही सड्दैन ।
    अन्धकारमा थुनिएर बस्न मन छैन ।।

    जिन्दगीको स्वतन्त्रता बिथोल्ने र गिजोल्ने ।
    अन्धकारका कोठाभित्र जीवन सडाउने ।।
    अशक्तलाई थुनिकन कमाउने र रमाउने ।
    शोषण गर्न जालझेलका कानुन बनाउने ।।

    हाम्रो हातबाट धर्ती देश खोसी लइसकेको ।
    वनसाङ्ला हाम्रो घरमा मालिक भइसके ।।
    कोठाभित्र थुन्ने किन हाम्रो हुर्मत लिएको ।
    अशक्तको हुर्मत लिई शासक बनेको ।।

    दोष के छ देखाइदेऊ थुनी हुर्मत लिनलाई ।
    शासनमा राख्यो देशले जुका किर्नालाई ।।
    बन्द कोठा ब्युँझेका छन् देख्छन् आँखा सत्यको ।
    हाम्रा घाइते अन्त्य गर्छन् छाती टेक्नेको ।।

    कति मरे कोठाभित्र थुनिएर सडेर ।
    लुटिखाने संसारको जालमा परेर ।।
    देउताले लुट्या छैनन् लुट्ने शासन शोषणको ।
    कतिन्जेल भर आसा लुटीखानेको ।।

    दिनहरू यस्तै गए अझै खेर जाँदै छन् ।
    ज्वालामुखी फुट्छ त अशक्तले हार्दैनन् ।।
    जता हेर्यो उतै मान्छे दिलको निर्जन बन ।
    निर्जन वनमा हाम्रो आवाज कसले सुन्ने भन ।।

    कोही छैन भनौँ भने यति ठुलो संसार ।
    शासन छ भनौँ भने अति व्यभिचार ।।
    हर पाइलामा समस्याले ठेस लागिरहेको ।
    हर बाधाले जिन्दगानी चुसिरहेको ।।

    आकाशबाट आउँछ घाम हुन्छ वर्षा पानीको ।।
    हुन्न वर्ष न्याय अनि अधिकारको ।।
    मानवको न्याय कानुन चिसो कोठा हेरेन ।
    युगौँ चिसो बन्द कोठा तात्न सकेन ।।

    समाजले बाधा हाल्यो झनै कानुन बाधाको ।।
    कहाँबाट बल्ल बत्ती समान न्यायको ।।
    समाज कानुन बस भन्छन् बन्दा चिसो कोठामा ।
    सङ्घर्षले आऊ भन्छ खुला सडकमा ।।

    मानवको हित नगर्ने कालो शासन चाहिन्न ।।
    खुल्नुपर्यो बोल्नुपर्यो भित्र बसिन्न ।
    अशक्तलाई देखाएर कमाइखाने नगर ।
    अशक्तले लुटेराको भर नपर ।।

    नबोलेमा जान्छ जीवन बन्दा चिसो कोठामा ।
    सङ्घर्षले ल्याउँछ बोल हाँसो ओठमा ।।
    युगहरू ब्युँझिएका खुले बोले चलेर ।
    सुतिरहे जान्छ जीवन माटो बनेर ।।

    ठोकेका छन् छातीमाथि कानुनको किलो ।
    यो अन्याय उखेल्नलाई भइसक्यो नि ढिलो ।।
    थिलोथिलो पारेको छ जिन्दगानीलाई ।
    बाहिर निस्क भन्दैन कोही कोठा कुर्नेलाई ।।

    नसुन्नेले नसुने नि भन्नैपरेको छ ।
    बोलीबाट यो कोठालाई फेर्नुपरेको छ ।।
    भनिरहुँ सुनिरहोस् पीडितको धुन ।
    त्यै धुनमा संसारको आवाज बोल्छ सुन ।।

    बोलिरहुँ बोलिरहुँ बन्द कोठाभित्र ।
    संसारले हेर्नुपर्छ अपमानको चित्र ।।
    न त हाम्रो टेक्ने ठाउँ न त धर्ती धरातल ।
    जे छ हाम्रो बन्द कोठा तर झिक्छौँ बल ।।

    बन्द ढोका फोर्न कठिन आँट गरौँ फोरिन्छ ।
    हामी उठे अन्यायको जरो मासिन्छ ।।
    हाम्लाई न्याय अधिकार दरबारबाट आउँदैन ।
    दरबारबाट थिचोमिचो शोषण बन्द हुँदैन ।।

    रोइकराई जति गरौँ सुन्दै सुन्दैन ।
    प्रष्टै भयो भ्रष्ट शासन हाम्रो हकमा हुँदैन ।।
    भ्रष्टबाट हुँदैहुन्न ताबेदारी गरिन्नँ ।
    संसार फेर्ने अभियानमा पछि हटिन्नँ ।।

    फाल्नुहुन्न जीवन खेर कोठाभित्र सडेर ।
    आवाज दिऊँ संसार बोल्छ साथ दिएर ।।
    अपमान नगरेको मनको होला र ।
    हाम्रो खेदो नगरेको संसार होला र ।।

    कहाँबाट आयो होला खेदो गर्ने बानी ।
    प्रकृतिलाई दोष दिऊँ सफा बग्छ पानी ।।
    भन्छ किन मानिसले पर पर बस ।
    हामी पर बस्दा मान्छे आउँछ केको रस ।।

    कति लाउँला कति खाउँला यै ज्यान हो हाम्रो ।
    सँगै बसे सुन्दर संसार हुन्छ अति राम्रो ।।
    भोलिलाइ साँच्नुपर्ने हामी अन्न होइनौँ ।
    कोठाभित्र थान्को लाउने भुसको रास हैनौँ ।।

    बिग्रिएका वस्तु हैनौँ भत्किएका छैनौँ ।
    यै धर्तीको पानी पिउँछौँ हामी भिन्न छैनौँ ।।
    चरा जस्तै सिर्जनाको डाली डुल्न पाऊँ ।
    असारमा खेत गई आली लाउन पाऊँ ।।

    खै त मान्छे हाम्लाई कुटो फूल रोप्ने मन छ ।
    गाह्रो भयो कोठाभित्र बाहिर डुल्न मन छ ।।
    संसारले हेर्न हुन्छ हाम्ले रोप्या फूल ।
    कोठाभित्र बस भन्नु हुने भयो भुल ।।

    बनाएको किन मान्छे भुलैभुलको संसार ।
    दिलैदेखि फाल मान्छे विनाशको विचार ।।
    निसासिँदै कोठाभित्र हामी किन बस्ने ।
    मानवीय संसारमा मान्छे सबै हाँस्ने ।।

    अदालतमा जाऊँ भने आशा मर्यो न्यायको ।
    के हेर्ला र चिसो कोठाभित्र रोएको ।।
    हिउँद लाग्यो चिसो कोठा झन् जाडोले खा’को छ ।
    आगो ताप्ने अधिकार हराएको छ ।।

    संसारमा अशक्तको अदालत कहाँ होला ।
    हुने खाने धनीमानी न्याय के देला ।।
    हाम्रो देश भनौँ भने कोठाभित्र परियो ।
    नभनौँ त जाडो भयो साँच्चै मरियो ।।

    अशक्तलाई जिउँदै नमार गरिखाने ठाउँ दे ।
    नसक्नेले नछो शासन हाँक्न हाम्लाई दे ।।
    संसारलाई न्याय दिलाई हाक्ने हाम्रो तागत छ ।
    सङ्घर्षले सिकाएको तातो रगत छ ।।

    हामी सडक आ’का छैनौँ आउन बाध्य नपार ।
    शासनमा पुग्छौँ हामी आँसु नझार ।।
    शासनमा पुगेका हुन् हिजो हामीले पालेका ।
    गनाउने लुगा लगाउथे दश ठाउँ टालेका ।।

    हामीलाई अधिकार खोस्ने पाठ पढाउँथे ।
    शासनलाई धुलोपिठो पार्न सिकाउँथे ।।
    त्यही ज्ञान चेतनाले यिनलाई धुलो पार्ने हो ।
    समाज र संसारको रूप फेर्ने हो ।।

    षड्यन्त्रले राज्ययन्त्र खिया लागिसक्या’छ ।
    खिया ला’को राज्ययन्त्र फाल्नुपर्या छ ।।
    हाम्रै तागत लगाउने हो शासनमा पुग्नलाई ।
    थुनिएका अशक्तको आँसु पुछ्नलाई ।।

    चिच्याएर कराएर घोचे पनि सुनेन ।
    अत्याचारी शासनले हाम्लाई टेरेन ।।
    अशक्तले सडकमा गीत किन गाएहुन् ।
    भनेका छन् शासनलाई हाम्रो पीडा सुन ।।

    सानाभन्दा साना पीडा समाधान भएनन् ।
    आन्दोलनमा लडेभिडे केही पाएनन् ।।
    कुतŒवले शासन पाए अशक्तलाई पेलेर ।
    यस्ताको आश गर्नुहुन्न राखौँ लेखेर ।।

    देश गिजोल्ने कुतŒवलाई निकालेर फ्याल्ने हो ।
    सबैलाई बराबरी न्याय दिने हो ।।
    अशक्तले यो देशलाई करतिरो तिर्याछन् ।
    अत्याचारी शासनका दिन फिर्या छन् ।।

    असक्तले ढुकढुकीमा देश समाज राख्या छन् ।
    देशलाई आपत् पर्दा साथ दिएका छन् ।।
    कमी कहाँ भयो भन हाम्रो साथ पाउनलाई ।
    मागिखाने व्यवहार किन हामीलाई ।।

    अशक्तले मागिखान्छन् दिमागबाट हटाऊ ।
    मानवीय संसारमा आऊ अटाऊ ।।
    रहरले मात्र सुन्दर संसार समाज बन्दैन ।
    अपमान गर्ने दिमाग सग्लो हुँदैन ।।

    हाम्रो पीडा चेतनाको दन्किएको आगो हो ।
    त्यही चेतना संसारको रूप फेर्ने हो ।।
    फिक्री मान्नुहुन्न अब सिक्री साङ्ला चुडिन्छन् ।
    अब नयाँ समाजमा सबै रमाउँछन् ।।

    सबैलाई अधिकारको ढोका खुल्यो रमाए ।
    कहिले होला चिसो कोठा भन्ने घाम आए ।।
    भुलैभुलमा भौतारिँदै खेर गयो जीवन ।
    भुलको खेती गर्ने शासन आफ्नो नभन ।।

    हाम्रो सत्य आ’को छैन हक केमा पाइयो र ।
    असतिले भन्छन् हेप्छन् किन चाहियो र ।।
    जो जे आउन् हामी उस्तै भुइँमा लत्रिरहेका ।
    हाम्रो पीडा तस्बिर बेची कमाइरहेका ।।

    हाम्लाई पापी भन्छन् धूर्त पीडा बेच्ने पापीले ।
    तिनै पापी निखार्ने हो हाम्रो तागतले ।।
    रगत र तागतभन्दा संसारमा के छ र ।
    रगत तागत भन्छ हाम्लाई पापी निखार ।।

    सकेजति अभिभारा देश समाजको बोक्ने हो ।
    संसारलाई मानवीय बनाई छाड्ने हो ।।
    भोग अनि उपयोग सम्पत्तिमा बराबर ।
    अशक्त र सक्त भन्ने चलन बन्द गर ।।

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.