खिमराज चालिसे चंडिगढ।
भारतको पञ्जाब राज्यमा परिवारसँगै बस्दै आएकी एक नेपाली महिला सम्पर्कविहीन भएकी छन् ।
प्युठानको झिमरुक गाउँपालिका– २ वादिकोट गाउँ डाडारेका माधव एमसीकी श्रीमती २९ वर्षीया रेनु एमसी पञ्जाबको मुक्तशहरबाट गत ८ अक्टुवरदेखि सम्पर्कविहीन भएकी हुन् ।
९ वर्षको छोरा र ३ वर्षको छोरीलाई छोडेर फरार रेनु नेपालको सिमाना बिहार सन्नापुरतिर भएको आफन्तको आशंका छ । रेनुका श्रीमानमाधव एमसी र उनका बुबा नरेन्द्र बिसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई रेनुको खोजी गरिदिन आग्रह गर्नुभएको छ ।
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिले महिलाको खोजी सुरु गरिएको जनाएको छ । ५ फुट उँचाई, गहुगोरो वर्ण, निधारको दोब्रे साइडमा कोठी भएको देखिने रेनुका एमसी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा माधव एमसी ९१ ६२८३४४६५३४, नरेन्द्र बिसी, ९१ ९८८८३१६४४१ मा खबर गरिदिन मूल प्रवाहले आग्रह गरेको छ ।