खिमराज चालिसे, चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा प्रगतिशील जनवादी भैलोको समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा प्रगतिशील देउसीभैलोको महत्ववारे मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगाले, महिला विभागकी केन्द्रीय सदस्य शुष्मा खड्का र राजमो पाल्पाका बसन्त दर्लामी लगाएतका नेताहरुले प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी टिम ‘ए’ बाट गिरबहादुर रसाइली र टिम ‘बी’ बाट जमुना गाहाले रिपोर्टिङ गर्नु भएको थियो । यस्तै, रोशनी केसी, सरस्वती आचार्य, रमा बिष्ट, हरिकला बगाले, कविता थापा, अन्जली थापाले आ–आफ्ना अनुभव राख्नु भएको थियो।
आर्थिक आय व्यायबारे धनबहादुर गोर्खालीले स्पष्ट पार्नुभएको थियो । दिल बहादुर गाहाको अध्यक्षता तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा लक्ष्मण केसीले स्वागत गर्नु भएको थियो ।