दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कृषि अधिकृतको मृत्यु भएको छ । कृषि ज्ञान केन्द्र दाङमा कृषि प्रसार अधिकृत पदमा कार्यरत बन्धुराम चौधरीको बिहीबार टिपरको ठक्करबाट मृत्यु भएको हो ।
Advertisement
चौधरी सवार रा १ब ५८७ नम्बरको मोटरसाइकललाई घोराही–लमही सडक खण्ड अन्तरगत बेल्दमारमा रा १ ख १२७१ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
चौधरी स्मार्ट कृषि गाउँ कार्यक्रम प्यूठानको औलेनीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमबाट फर्कंदै थिए । चौधरीको मृत्युले उनको गाउँ घोराही उपमहानगरपालिका–३ बेलुवामा शोक छाएको छ ।