खिमराज चालिसे,चंडिगढ।
भारतको पुनाबाट सम्पर्कविहीन भएका प्युठानको सरुमारानी गाउँपालिका–९ बाङ्गेशाल अटिहारका १७ वर्षीय बेगमबहादुर अधिकारीको खोजी गरिदिन आफन्तले आग्रह गरेका छन् ।
Advertisement
बुबा रामबहादुर अधिकारले बेगम बहादुर अधिकारीको खोजी कार्यमा सहयोग गरि दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आग्रह गर्नुभएको छ।
२०८७ जेष्ठ २६ गते रोजगारीको सिलसिलामा भारतको पुनामा गएका अधिकारी दुई महिनादेखि सम्पर्कविहीन भएका छन् ।
करिव ५ फुट उँचाई, गहुगोरो वर्ण निधार र ओठमा खत भएका बेगम बहादुर अधिकारी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा नेपालमा ९७४२९९५१०९ मा खबर गरिदिन अनुरोध गरिएको छ ।