• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

भारतका यी सहरमा पनि मनाइयो मूल प्रवाहको स्थापना दिवस


  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न सहरमा आफ्नो ४३ औँ स्थापना दिवस मनाएको छ । मूल प्रवाह केन्द्रीय समिति र विभिन्न नगर समितिहरुले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएका हुन् । साथै प्रगतिशिल दैउसी भैलो पनि विभिन्न नगर समितिको आयोजनामा सम्पन्न गरेको छ ।

    Advertisement

    मूल प्रवाहको स्थापना सन् १९७९ नोवेम्बर ७ मा भएको थियो । यो संगठनले भारतमा कार्यरत हजारौं नेपाली मजदुरहरुको समस्याविरुद्ध संघर्ष गर्नुका साथै नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सोही अन्तरगत मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रको हिसार नगर समितिले स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा प्रमुख अतिथी मूलप्रवाहका महासचिव ठाकुर खनालले एकता समाज सामाजिक संगठनको रुपमा प्रवासी नेपालीहरुको सुखदुखमा अभिभावकत्व निभाउदै आएको बताउनु भयो । उहाँले राष्ट्रीयताको पक्षमा, संघीयता र एमसीसी विरुद्बको आन्दोलन र सबैखालका अवसरवादीहरु विरुद्ब सैद्धान्तिक प्रतिकार गर्दै एउटा राजनैतिक जिम्वेदारी निभाउने दिशामा अविचलित अगाडि बढिरहेको बताउनु भएको छ ।

    त्यसतै, मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रिय सदस्य आत्मराम न्यौपाने, क्षत्रिय महिला विभागकी सेती राना इन्ड्रट्रीयल एरियाका अध्यक्ष लाल बहादुर चुदाली,सिटि एरिया ए का ओम प्रकाश तिवारी, सिटि एरिया बि का केहरसिंह घर्तीमगर, महिला नगर संयोजक निरु सारु, विद्यार्थी संघकी रक्षा सोमारे, रक्तिम विभागका दिपा लम्तरी, समता विभागका श्यामबहादुर बिक, जनजाती विभागका छत्रबहादुर सारु लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा तथा नगर सचिव तारा सोमरेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष बाबुराम पोख्रेलले गर्नु भएको थियो।

    भिवाडी
    एकता समाज नगर समिती भिवाडिको आयोजनामा स्थापना दिवस तथा नगर स्तरीय प्रशिक्षण शिविर सम्पन्न गरेको छ। नगर सचिव कृष्टी राईको सञ्चालन र नगर अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रमुख अतिथि केन्द्रीय सल्लाहकार किशोर राईले प्रशिक्षण दिदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवास स्थित नेपालीहरुको अभिभावक संगठठन भएको बताउनु भयो । उहाँले ४३औ स्थापना दिवस मनाइरहदा अनेक बाधा अवरोध पार गरेको उल्लेख पनि गर्नु भएको थियो। क्षेत्रिय सदस्य राम प्रसाद घिमिरे र राम बहादुर थापाले पनि संगठनको विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो।

    त्यस्तै, पना दिवसमा शुभकामना दिनु हुनेमा महिला बिभागबाट फूल मयां कुमाल, विद्यार्थी बिभागबाट सृष्टि राई, एरिया समितिबाट नारायण तिवारी, नगर सदस्यहरु क्रमशः बाबुराम खड्का, अमृत केसी, रमेश परियार, गिरबहादुर थापा, डिबि राना रहनु भएको थियो।
    नगर सदस्य नारायण शर्माले स्वागत मन्तव्य दिनुभएको थियो।

    कोट्टयाम केरला
    एकता समाज कोट्टयाम नगर समितिले पनि स्थापना दिवस संगै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । समाजका नेता चोबनाथ शर्माले कार्यक्रमको उदुघाटन गर्दै मूल प्रवाहलाई यहाँ सम्म पुर्याउँदा कैयौँ पटक बाधा अर्चनाहरु संगठन माथि आईपरेको बताउनु भयो ।

    उहाँले सबै खाले अराजक्ता फुट प्रस्त तत्वहरुलाई श्रमजिवि वर्गहरुको लगानि र योगदानबाट फुटप्रस्त तत्वहरुलाई किनारा लगाउदै आएको विगतका इतिहास साक्षि रहेको बताउनु भयो ।

    त्यस्तै, दक्षिण भारत क्षेत्रिय समितिका सहसचिव तथा नगर अध्यक्ष धर्माराज शर्मा, भद्रबाहादुर थापा, क्षेत्रीय समिति तथा नगर महिला भिगागिय अध्यक्ष धनकुमारि केसी, महिला विभाग सचिवतथा रक्तिम साँस्कृतिककी बालिकादेबि शर्मा,विद्यार्थी मोर्चाका नगर अध्यक्ष सन्देश केसीले शुभकामना दिनुभएको थियो ।

    नगर सचिव मनोज जिसीको सञ्चालन, प्रेमप्रसाद शर्माको अध्यक्षता नगर समितिका हरि प्रसाद पौडेलले स्वागतबाट कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा रक्तिमका कलाकारहरुले स्वगतछ हाम्रो देशको निम्ति ज्यु ज्यान दिने बिरहरुलाई सम्मानछ हाम्रो लगायत गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    श्रीगंगानगर
    श्रीगंगानगर नगरसमितिको आयोजनामा पनि मूलप्रवाहको ऐतिहासिक स्थापना दिवसको तथा प्रगतिशिल देउसी–भैलोको सम्पन्न गरेको छ।

    मूलप्रवाहको स्थापनाको उदेश्य तथा संगठनको भूमिकाको महत्ववारे केन्द्रीय सदस्य कृष्ण जीसीले प्रकाश पार्नुभएको थियो ।

    त्यस्तै, मूलप्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रिय सदस्य हुमबहादुर बिक, महिला क्षेत्रिय विभाग कोषाध्यक्ष सुनिता भट्टराई, क्षेत्रिय विभागकी बसन्ता नेपाली, रक्तिम क्षेत्रिय सदस्य कृष्ण नेपाली र समता नगर संयोजक प्रेम विक लगाएतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा हरि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत रेशम भण्डारीले गर्नुभएको थियो ।

    पाण्डिचेरि
    एकता समाज नगर समिति पाण्डिचेरिको आयोजनामा स्थापना दिवस सम्पन्न भएको छ । गंगाराम शर्माको अध्यक्षता तथा विष्णु शर्माको स्वागत मन्तव्यबाट कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि चन्द्र कान्त शर्माले भारतमा संगठन गठनको आवश्यकता, गठनपछि आज सम्मको विकासमा दिएको योगदान तथा देशमा राजनीतिमा प्रवासबाट गरिएको भुमिका बारे स्पष्ट पार्नु भएको थियो । बिनोद गायक, शालिकराम शर्मा, देबि प्रसाद शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    पूर्वोत्तर क्षेत्रिय समिति लाडरुम्वाइ
    पूर्वोत्तर क्षेत्रिय समिति अन्तर्गत लाडरुम्वाइ नगरसमितिको आयोजनामा स्थापना दिवसको सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनालले मूलप्रवाहको स्थापनाको उदेश्य तथा संगठनको भूमिका र संगठनको चुनौतिहरु बारे प्रकास पार्नु भएको थियो। त्यसैगरि क्षेत्रिय सदस्य मोहन ठकुरीले पनि शुभकामना मन्तब्य दिनुभएको थियो।

    कार्यक्रम तिर्थबहादुर राईको अध्यक्षतामा तथा हरि केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत गोविन्द कैसल्याले गर्नुभएको हो ।

    चेन्नई
    एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा एकता समाजको स्थापना दिवस तथा प्रगतिशिल देउसी– भैलो कार्यक्रम सम्पन्न भएको छ।

    किशोर शर्माको सञ्चालनबाट अगाडि बढेको उक्त कार्यक्रममा अध्यक्षता मूल प्रवाह चेन्नई दक्षिण नगर समितिका खगराज शर्माले गर्नुभएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाध्यक्ष कुलबहादुर थापाले उद्घाटन गर्दै देशको समसामयिक विषय बारे प्रस्त पार्नुभएको थियो । उहाँले मूल प्रवाह नेपाली एकता समाजको ऐतिहासिक ४३औं स्थापना दिवस मनाई रहंदा आफु अत्यन्तै गौरवान्वित भएको र मूल प्रवाहको रक्तरन्जित झण्डालाई अझै उचाइमा पुर्‍याउनको लागि आफु प्रतिवद्व रहेको बताउनु भएको थियो।

    त्यस्तै, मूल प्रवाहका केन्द्रीय सदस्य मदन शर्मा, मोहराज चालिसे, केन्द्रीय सदस्य तथा मूल प्रवाह दक्षिण भारत क्षेत्रिय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रिय सदस्यहरू काशिराम शर्मा, केशमान नेपाली, लक्ष्मण चालिसे, क्षेत्रिय प्रतिनिधि उमानन्द शर्मा, चेन्नई पूर्व नगर समितिबाट ओमकान्त शर्मा, चेन्नई पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेल, महिला बिभागबाट चन्द्रिका पौडेलले शुभकामना मन्तब्य दिनुभएको थियो ।

    कार्यक्रममा तिल बहादुर विकले स्वागत गर्नुभएको थियो । उत्तर नगर समितिबाट मानबहादुर केसी पश्चिम नगर समितिबाट नेत्र लाल शर्मा लगायतका कलाकारहरुले कार्यक्रमको बिच बिचमा रक्तिम सास्कृतिक परिवारका गीत तथा नृत्यसहित देउसी भैलो प्रदर्शन प्रदर्शन गर्नुभएको थियो। सूर्य प्रसाद भूसालले कार्यक्रममा उपस्थितलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    साथै रक्तिम साँस्कृतिक अभियान चेन्नईका कलाकारहरूले गितबाट उपस्थितलाई स्वागत गर्नुभएको थियो भने अध्यक्षबाट कार्यक्रमको समापन गरिएको थियो।

     

    सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.