सर्लाही । वनमौरीको टोकाइबाट मलंगवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो ।
Advertisement
मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा ४ वर्षीय रविकुमार राय, सोही स्थानका २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी दिए ।
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]