मध्यप्रदेश (भारत) । मूल प्रवाह आखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले आयोजना गरेको प्रगतिशील देउसी भैलो कार्यक्रम समापन गरिएको छ।
एक कार्यक्रमबीच समाजका केन्द्रीय सदस्य नारायण सापकोटाले कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सोनु थापा र अध्यक्ष्यता नगर समिति अध्यक्ष्य पिताम्बर पुलामीले गर्नुभएको थियो ।
कार्यक्रममा सापकोटासहित क्षेत्रीय समितिबाट लाल बहादुर क्षेत्री, भोपाल नगर समिति पूर्वअध्यक्ष्य किमबहादुर कार्की, प्रवासी नेपाली संघबाट छविलाल कंडेल, अखिल भारत नेपाली एकता मञ्चबाट नगेन्द्र ढकाल, संस्कृति परिसद भोपाल बाट ऋषि लुइँटेल, पशुपतिनाथ नेपाली समाज भोपाल बाट महामन्त्रि घनश्याम बेलबासे, महिला उपाध्यक्ष्य लक्ष्मी बेल्वासेले शुभकामना दिनुभएको थियो ।
स्वागत मन्तब्य अर्जुन जीयमले दिनुभएको थियो भने रक्तिम कलाकार अर्जुन जीयम, भिम विक, मधुकला सोनी एवं लक्ष्मी पाण्डेले स्वागत गित प्रस्तुत गर्नु भएको थियो।
देउसी भैलो कार्यक्रममा भोपाल नगर समिति रक्तिम विभागका कलाकारहरुद्वारा विभिन्न नेपाली लोक संस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरिएको थियो ।