खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समिति अन्तरगत रहेको सेतिया फार्म एरिया समितिका तत्कालिन सदस्य डिलाराम भट्टराईको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
मूल प्रवाह सेतिया फार्म एरिया समितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्वाञ्जली सभामा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय सदस्य एवम् नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य विष्णु न्यौपाने, नगरका जागेश्वर न्यौपाने, रेशम भण्डारी, महिला नगरकी सरस्वता न्यौपाने लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

गत २० अक्टुवरको रेबिजका कारण ज्यान गुमाएका डिलारामको आश्रित परिवारलाई मूल प्रवाहले उचित क्षतिपूर्ति दिलाउन पहल गरिरहेको केन्द्रीय सचिव त्रिभुवन भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम पुजा भट्टराईको अध्यक्षता तथा हरि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।