• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भ्रम र छलछामको राजनीतिले धेरै लामो यात्रा तय गर्दैन : उपाध्यक्ष पौडेल


  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
  • हैदरावाद (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको दोस्रो भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो ।

    Advertisement

    उद्घाटन मन्तव्यमा पौडेलले– ‘मूल प्रवाह भारतस्थित नेपालीहरुको अभिभावक संगठन हो’ भन्नु भयो । पौडेलले प्रवासी नेपालीहरुका हक हित र समस्या समाधान गर्ने सबालमा मूल प्रवाह सदा अग्रपंक्तिमा रहेको बताउनु भयो । सामाजिक चेतनासँगै सामाजिक भावनाको बलियो एकताले नै समाजको विकास भएको बारे पौडेले प्रस्ट्याउनु भयो ।

    मूल प्रवाहले सामाजिक चेतनाको साथसाथै राजनैतिक चेतनाको पनि विकास गराउने भएकोले यो भारतस्थित नेपालीहरुको विश्व विद्यालय भएको पौडेलले जिकिर गर्नुभयो । संगठनको नाममा संगठन कै विरोध गरि विभिन्न प्रकारका भ्रम सृजना गर्दै सोझा इमान्दार कार्यकर्ताहरुलाई अलमल पार्ने फुटपरस्त तत्वहरुप्रति उहाँले रोष प्रकट गर्नुभयो ।

    ‘मूल प्रवाहको विरोध गरि मूल प्रवाह कै नामबाट आफू वैधानिक भएको घोषणा गर्नु हास्यास्पद र छलछामको राजनीति हो’ पौडेलले भन्नुभयो, ‘यो भ्रम र छलछामले धेरै लामो यात्रा तय गर्न सकिँदैन ।’

    फुटपरस्त तत्वहरुले सृजना गरेको भ्रममा नपर्न पनि आम कार्यकर्तालाई आग्रह गर्नुभयो । संगठनले दिएको जिम्मेवारी पूरा गर्न दायित्व पूरा गर्नको लागि भेलाले सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।

    ‘संगठनमा भिन्न विचार आउनु छलफल हुनु स्वभावैले गलत कुरा होइन, तर गलत कुरा के हो भने भिन्न विचारका नाममा जथाभावी र कृत्य कुरा गर्दै हिड्नु अराजकता हो’ पौडेलले अगाडि भन्नुभयो, ‘यसले संगठनको विधि, विधान, पद्धति र नियमलाई मान्दैन । यस्तो अराजकताको भूमरीमा संगठनको संरचनालाई पर्नबाट जोगाउनु आम कार्यकर्ताहरुको दायित्व हो ।’

    त्यस्तै, मूल प्रवाहका केन्द्रीय सदस्य फूलबिना पौडेल, भिम बहादुर थापा र रतनसिंहले भेलालाई सफलताको शुभकामना दिनुभएको थियो ।

    भेलामा विभिन्न नगरहरुबाट रिपोर्टिङ गरिएको थियो, जसमा नागपुरबाट रुपलाल जिएम, नालगोण्डाबाट चेतन शर्मा, उत्तर हैदराबादबाट मोहनलाल शर्मा, मध्य हैदराबादबाट थानबहादुर क्षेत्री, दक्षिण हैदराबादबाट वीरबहादुर विकले आ–आफ्नो नगर समितिको रिपोर्टिङ गर्नुभयो । आएका रिपोर्टिङ माथि क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्पष्ट पार्नुभएको थियो ।

    भेलाबाट चयन क्षेत्रीय समितिको घोषणा केन्द्रीय सदस्य भिमबहादुर थापाले घोषणा गर्नुभएको थियो । जसमाः अध्यक्ष– रामप्रसाद पौडेल, उपाध्यक्ष– रुपलाल जिएम (नागपुर), सचिव– तिलक राना (मध्य हैदराबाद), सहसचिव– शंकर नेपाली (उत्तर हैदराबाद), कोषाध्यक्ष– घनश्याम शर्मा (उत्तर हैदराबाद) रहनुभएको छ ।

    सदस्यहरुमा रतन सिंह (दक्षिण हैदराबाद), कृष्ण बहादुर थापा (दक्षिण हैदराबाद), कुमार थापा (मध्य हैदराबाद), पुष्पा पौडेल (उत्तर हैदराबाद), वीर बहादुर विक (दक्षिण हैदराबाद), झलक पुन (मध्य हैदराबाद), चेतन शर्मा (नालगोण्डा), राजकुमार रायमाझी (एल्लुर), सुर्यबहादुर थापा (उत्तर हैदरावाद) खिम बहदुर परियार (उत्तर हैदरावाद), लालबहादुर थापा (उत्तर हैदरावाद), बिकास परियार (मध्य हैदरावाद), राजु दुलाल (मध्य हैदरावाद) र दुई स्थान रिक्त  रहेका छन् ।

    वैकल्पिक सदस्यहरूमा मोहन लाल शर्मा (उत्तर हैदरावाद) रामप्रसाद अधिकारी (उत्तर हैदरावाद), इश्वर पुन (नागपुर), मायाँ थापा (उत्तर हैदरावाद), कृष्ण कुमारी विक (मध्य हैदरावाद), पर्शुराम शर्मा (उत्तर हैदरावाद) र धनबहादुर थापा (उत्तर हैदरावाद) रहनुभएको छ ।

    यसैगरी, सल्लाहकार सदस्यहरुमा मिन बहादुर थापा (उत्तर हैदरावाद), गङा कडायत (मध्य हैदरावाद), कुल बहादुर रेश्मी (मध्य हैदरावाद), तेज बहादुर पुन (नागपुर), प्रेम बहादुर थापा (चन्द्रपुर), शेर बहादुर खड्का (वर्धा), रन बहादुर पौडेल (दक्षिण हैदरावाद), दुर्गा प्रसाद शर्मा (बिशाका), लालबहादुर क्षेत्री (उत्तर हैदराबाद) प्रेम विक (मध्य हैदरावाद), र भुपाल ठाडा राना (दक्षिण हैदरावाद) रहनुभएको छ ।

    सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.