काठमाडौं । अमेरिकामा एकजना नेपालीको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर सञ्चालन गरेर बसेका नेपालीको गोली हानी हत्या भएको हो ।
Advertisement
हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । चोरीको प्रतिकार गर्न खोज्दा उनीमाथि गोली प्रहार भएको हुनसक्ने बुझिएको छ ।
धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्ष अघि अमेरिका गएका थिए ।
लालकिशोर महासेठ मधेशी एशोशिएसन इन अमेरिकाका संस्थापक सदस्य तथा न्यू इंग्ल्यान्ड च्याप्टरका पूर्व अध्यक्ष थिए । उनका पत्नी सुनिता साह, छोराहरु अभिषेक र आयुष तथा छोरी अञ्जली महासेठ छन् ।