कपिलवस्तु । जातीय समता समाज कपिलवस्तु जिल्लाको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । सोमबार शिवराज नगरपालिका–३ मा भएको भेलाले बालाराम सुनारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मान बहादुर नेपाली, सचिव प्रकाश बिक र कोषाध्यक्ष झक बहादुर बिक रहनुभएको छ । सदस्यहरुमा बिना विश्वकर्मा, गोविन्द परिवार, सुर्य बहादुर सुनार रहनुभएको छ भने वैकल्पिक सदस्यहरुमा मदन बिक, गोपाल विक रहनुभएको छ । समितिको सल्लाकारमा मइत बहादुर सुनार, राम प्रसाद कामी, विष्णु नेपाली र सवजित बिक रहनु भएको छ ।
भेलाको उद्घाटन जातीय समता समाजको केन्द्रीय अध्यक्ष दिलबहादुर बिकले गर्नुभएको थियो । सो क्रममा अध्यक्ष बिकले नेपालको संविधानमा छुवाछुत अन्त्य गरिएको उल्लेख गरिएता पनि समाजमा छुवाछुत यथावत रहेको बताउनु भयो । उहाँले मुट्ठी भर केही पहुंच भएका दलितले मात्र राज्य को सुविधा पाएको बताउँदै वर्गीय मुक्ति बिना जातीय मुक्ति सम्भव नभएको बताउनु भयो ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदै ,राष्ट्रिय जनमोर्चा शिव राज नगर अध्यक्ष केर सिंह पुनलगायतका वक्ताहरुले सुभकामना दिनुभएको थियो ।
नयाँ गठित समितिलाई राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल, समाज सेवी छन्द बहादुर केसीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।