• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भ्रममा नपर्न मूल प्रवाहको अपिल, अध्यक्ष केसी र महासचिव खनाल रहेको समिति नै आधिकारीक


  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संगठनबाट निष्कासित तथा केही फुटपरस्त तत्वहरुले गरेको कथित भेलाप्रति भ्रममा नपर्न आम कार्यकर्ता तथा शुभचिन्तकहरुमा आग्रह गरेको छ । महासचिव ठाकुर खनालले एक विज्ञप्ति प्रकाशित गरी दुर्गा बहादुर केसी नेतृत्वको समिति नै आधिकारिक रहेको पनि स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    यही ४–५ अक्टोबर २०२१ मा गोरखपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नाममा गरिएको कथित प्रथम भेला र त्यो भेलाबाट बनेको कथित समिति अवैध भएको पनि उहाँले जानकारी दिनुभएको छ ।

    महासचिव खनालले कथित भेला मूल प्रवाहका साधारण सदस्यसमेत नरहेका व्यक्तिहरुद्वारा आयोजित रहेकोले यसप्रकारको भ्रममा नपर्न सम्पूर्ण स्तरका कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

    विज्ञप्तिको पूर्णपाठ 
    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौं अखिल भारत सम्मेलन पछिको प्रथम भेलाको नाममा कथित भेला गरि देब बहादुर लामिछानेको अध्यक्षतामा मूल प्रवाहको केन्द्रीय समिति चयन गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    सर्वविदितै भएको कुरा हो कि, देबबहादुर लामिछाने र महेन्द्र बस्यालले संगठनको अनुशासन उल्लंघन गरेका कारणले उनीहरुलाई २०–२१ मार्च २०२१ मा बसेको केन्द्रीय समितिको बैठकद्वारा संगठनको साधारण सदस्य समेत नरहने गरि निश्कासित गरिएको थियो र अन्य कैयौं सदस्यहरुलाई पछि छुट्टाछुट्टै मितिमा संगठन विरोधी गतिविधिमा संलग्न रहेको कारणले नै संगठनको साधारण सदस्य समेत नरहने गरि निश्कासित गरिएको थियो ।

    उनै निश्कासित व्यक्तिहरुले भ्रम सृजना गरि आफ्नो निहित स्वार्थपूर्तिका लागि हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नाम र झण्डाको दूरुपयोग गर्दै ४–५ अक्टुबर २०२१ का दिन गोरखपुरमा कथित भेला सम्पन्न गरेका छन् । गोरखपुरमा सम्पन्न उक्त कथित भेलाबाट गठित समितिमा रहेका पदाधिकारी एवं सदस्यहरु नामावली हेर्दा मूल प्रवाहका साधारण सदस्यबाट समेत निश्कासित व्यक्तिहरु छन् भने कैयौं सदस्यहरु स्थायी रुपमा स्वदेश गएकाहरु छन् । संगठनका साधारण सदस्यहरु समेत नरहेका व्यक्तिहरुद्वारा मूल प्रवाहको नाममा आयोजित उक्त भेला पूर्ण रुपमा अवैध छ।

    उनीहरुको उदेश्य संगठनमा फुट पार्ने र आफ्नो निहित व्यक्तिगत स्वार्थपूर्ति गर्ने नै हो । उनीहरु भारत प्रवासमा सैद्धान्तिक एवं सांगठनिक रुपमा पूर्णरुपमा नांगिएर गएका छन् । त्यसबाट हतोत्साही भएर विभिन्न स्थानहरुमा समानान्तर गतिविधि गर्ने दुष्प्रयास गर्दै आएका थिए । जसको ज्वलन्त उदाहरण हो गोरखपुरमा सम्पन्न भएको कथित भेला ।

    हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि, संगठनको विधान अनुसार ५ वर्षमा सम्मेलन गर्नुपर्ने प्रावाधान रहेको छ, आवश्यकता अनुसार केही समय अगाडि वा पछाडी हुनसक्छ । आठौँ अखिल भारत सम्मेलनको लागि नीतिगत रुपमा निर्णय भई सम्मेलन तैयारीको लागि भेलाको मिति, स्थान र भेलामा आउने प्रतिनिधिहरुको संख्या समेत निश्चित गरिएको थियो । वैश्विक महामारी कोविड–१९ का कारणले उक्त तैयारी भेला स्थगित गर्नुपर्ने बाध्यताका कारणले भर्चुअल माध्यमबाट सातौं अखिल भारत सम्मेलन पछिको प्रथम अखिल भारत भेला ४ जुलाई २०२१ का दिन सम्पन्न भइसकेको छ । उक्त भर्चुअल भेलाले दुर्गा बहादुर केसीको अध्यक्षतामा ३३ पूर्ण, ११ वैकल्पिक र २२ सल्लाहकार गरि ६६ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो । सो केन्द्रीय समिति अहिले पूर्ण रुपमा परिचालित रहेको छ । जसका निर्णय अनुसार कैयौं महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।

    संगठन विरोधी तत्वहरुले संगठनको नीति, विधान, पद्धति र अनुशासनका विरुद्ध लगातार हमला गर्दै भारत प्रवासमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको आस्थाको धरोहर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज माथि नै हमला गरिरहेका छन् । त्यस प्रकारका व्यक्तिहरुद्वारा आयोजित हुने कुनै पनि प्रकारका कार्यक्रमको बारेमा भ्रममा नपर्न र उनीहरुले चलाएको फूटपरस्त गतिविधिलाई अविचलित रुपमा संघर्ष गर्दै परास्त गर्न भारतभरि छरिएर रहेका सम्पूर्ण स्तरका कार्यकर्ताहरुलई निर्देशन गर्दछौं ।

    अन्तमा, भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनालको नेतृत्वमा पूर्ण, वैधानिक एवं एक ढिक्का छ । त्यसैले कुनै पनि व्यक्तिहरुले चलाएको फूटको हल्लामा नपर्न समेत हामी विभिन्न संघ–संस्था, मिडियाकर्मी एवं सरोकारवालाहरुलाई यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौं ।’

    यस्तै, मूल प्रवाहका विभिन्न स्तरका समितिहरुले समेत विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वहरुले फैलाएको भ्रममा नपर्न र दुर्गा बहादुर केसी नेतृत्वको एकता समाजमा एकतावद्ध हुन पनि आग्रह गरेका छन् ।

    मध्य दक्षिण क्षत्रीय समिति

    मध्य पश्चिमोत्तर क्षत्रीय समिति

    दक्षिण भारत क्षत्रीय समिति

    मध्यपश्चिम क्षत्रीय समिति

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.