खिमराज चालिसे चंडिगढ।
रोल्पा जिल्ला, रुन्टिगढी गाउँपालिका वडा नम्बर ६ डुब्रिङ सापडाँडा निवासी वीरबहादुर रावतको ४२ वर्षीय छोरा हेमन्त रावत हराएका छन् ।
Advertisement
भारत चण्डीगढ बसपार्कदेखि गत सेप्टेम्बर ६, २०२१ देखि आफ्नो भाइ गणेश रावतसँग बिछोड भई उनी हराएका हुन् ।
उनी हराएपछि परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चण्डीगढ नगर समितिसमक्ष खोजीकार्यमा सहयोग गर्न निवेदन दिएका थिए ।
पाँच फुट ३ इन्च उचाइ, गहुँगोरो वर्ण भएका निज हेमन्त रावत भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा नेपालमा राष्ट्रिय जनमोर्चाको कार्यालय वा ९८०९८९९७०२, ९८०३८८४९४१ र भारतमा कमल घर्ती +९१ ७६२६९८००१ मा खबर गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिले आग्रह गरेको छ ।