काठमाडौँ । जापान नेपाली एकता समाजले गत असोज ११ गते अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नामबाट गरिएको कथित भेलाबारे भ्रममा नपर्न अनुरोध गरेको छ ।
Advertisement
समाजका महासचिव तेजेन्द्र क्षेत्रीले २०७८ असोज १३ गते तदनुसार सेप्टेम्बर २९, २०२१ का दिन प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।
जापान नेपाली एकता समाज दुर्गाबहादुर केसी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजप्रति नै प्रतिबद्ध रहेको र सो केन्द्रीय समितिमा जापानबाट शालिकराम सापकोटा र गोपाल सापकोटा केन्द्रीय सदस्य तथा हेमलाल गौतम सल्लाहकार रहेको समाजले स्पष्ट पारेको छ ।
जापानबाट जापान नेपाली एकता समाजका कुनै पनि साथीहरू उनीहरूले गठन गरेको भनिएको कथित समितिमा प्रतिनिधित्व नगरेको बताउँदै समाजले कुनै पनि भ्रममा नपर्न अनुरोध गरिएको छ ।


