• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सर्वोच्च अदालतले पनि भारतस्थित नेपालीको मताधिकारलाई सम्बोधन गरेन : खनाल


  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले विदेशस्थित नेपालीको मताधिकारसम्बन्धी मागलाई सर्वोच्च अदालतले पनि सम्बोधन नगरेको दाबी गर्नुभएको छ ।

    Advertisement

    समाजको आयोजनामा २०७८ असोज ९ गने राजधानीको रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा महासचिव खनाले सो धारणा व्यक्त गर्नुभएको हो ।

    उहाँले सार्क मुलुकमा रहेका नेपालीलाई प्रवासी नेपाली नमान्ने सरकारको नीतिका कारण यस्तो स्थिति देखा परेको बताउनुभयो ।

    ‘सरकारले सार्क मुलुकका नेपालीलाई प्रवासी नेपाली नै मान्दैन’ महासचिव खनालले भन्नुभयो– ‘यसकारण सर्वोच्चको पछिल्लो फैसलाले प्रवासी नेपालीलाई मताधिकार दिनू भने पनि त्यो परिभाषाभित्र हामी भारतस्थित नेपालीहरू पर्दैनौँ ।’

    उहाँको भनाइ थियो– ‘वास्तविकता यो हो, सर्वोच्चको मताधिकारसम्बन्धी पछिल्लो फैसलाले पनि भारतस्थित नेपालीको मागलाई सम्बोधन गरेन ।’

    असोज ९ गते नै बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएपछि सो विषयवस्तुबारे जानकारी दिन उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

    कार्यक्रममा मूल प्रवाह नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीले संविधान सभा चुनावको समयदेखि नै आफूहरूले प्रवासी नेपालीको मताधिकारको माग उठाउँदै आइरहेको बताउनुभयो ।

    ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजले पहिलो संविधान सभाको समयदेखि नै मताधिकारको पक्षमा आन्दोलन चलाउँदै आएको छ’ उहाँले भन्नुभयो– ‘त्यतिखेरदेखि नै हामीले काठमाडौँमा समेत धर्ना, जुलुस प्रदर्शनदेखि प्रधानमन्त्री र अन्य मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै आइरहेका छौँ ।’

    उहाँले देशमा रोजगारीको अवसर उपलब्ध नभएकाले एकतिहाइ जनसङ्ख्या बाहिरिएको स्मरण गराउँदै उनीहरूको मताधिकारको माग पूरा गराउन सबैले आआफ्नो तर्फबाट पहल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पत्रकार सम्मेलनमा राजमो नेता आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नेपालका सबैजसो न्यायपूर्ण आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

    उहाँले अहिले मूल प्रवाह एकता समाजले उठाएको मागप्रति राजमोको पूर्ण समर्थन रहेको पनि जनाउनुभयो ।

    ‘अहिले मूल प्रवाह एकता समाजले ज्ञापनपत्रमार्फत् जुन मागहरू राखेको छ, त्यसप्रति राष्ट्रिय जनमोर्चाको पूर्ण समर्थन छ’ उहाँको भनाइ थियो ।

    राजमो नेता शर्माले आफ्नो सङ्गठनले सुरुदेखि नै प्रवासी नेपालीको मताधिकारलाई सामेल गर्न प्रयास गरेको स्मरण गर्नुभयो ।

    ‘हामीले संविधानमा नै यो विषय उल्लेख गर्न खोजेका थियौँ’ शर्माले अगाडि भन्नुभयो– ‘हामीले प्रवासी नेपालीको मताधिकार संविधानमै त्यतिखेर नै उल्लेख गर्न संशोधन प्रस्ताव दर्ता गरेका थियौँ तर हाम्रो संशोधन अस्वीकार भएको थियो ।’

    उहाँले प्रवासी नेपालीहरूको प्रतिनिधि नीतिनिर्माण गर्ने विधायिकामा हुनुपर्ने माग राख्दै नेपालको समानुपातिक निर्वाचनमा उनीहरूलाई सहभागी गराउनुपर्ने बताउनुभयो ।

    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.