काठमाडौं । मलेसियामा बच्चा जन्माई हत्या गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छन् ।
Advertisement
मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।
ती महिलाले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । तर दुवैको परिचय खुलाइएको छैन ।
कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको त्यहाँको प्रहरीले जनाएको छ ।