लोकेन्द्र पौडेल, दक्षिण भारत ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व र उत्तर नगर समितिले वरिष्ठ कम्युनिष्ट नेता खगुलाल गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरी नेता गुरुङप्रति सम्मान प्रकट गरिएको हो । पूर्व नगर सचिव कोटि प्रशाद पोख्रेलको सञ्चालन र पूर्व नगर उपाध्यक्ष ओमकान्त शर्माको अध्यक्षतामा अघि बढेको कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, काशिराम शर्मा, पूर्व नगर समितिबाट टिका थापा, पूर्व नगर समितिका सूर्य भुसाल, विमल लामिछाने, लोक प्रसाद पराजुली, कोटि प्रसाद पोख्रेल र लक्षुमण चालिसेले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापा, र र उत्तर नगर समितिबाट रवि अधिकारीको पनि आतिथ्यता रहेको थियो ।
नेकपा (मसाल) का नेता १०४ वर्षीय खगुलाल गुरुङको आज (१९ सेप्टेम्बरमा) निधन भएको हो ।