काठमाडौं । भारतले नेपालको सीमा अतिक्रमण गरिरहेको र राष्ट्रियतामाथि खतरा बढ्दै गएको सन्दर्भमा राष्ट्रिय जनमोर्चाले काठमाडौंमा बृहत अन्तरक्रिया गर्न लागेको छ ।
Advertisement
काठमाडौंको कमलादीस्थित ‘सीडब्लु’ रेष्टुरेण्टमा शनिबार (कात्तिक ३० गते) दिउँसो १ बजे कार्यक्रम राखिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ । ‘भारतले जारी गरेको नयाँ नक्सा र नेपालको राष्ट्रियता’ बिषयक अन्तरकृया कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले आधार पत्र प्रस्तुत गर्नुहुनेछ ।
यसअघि राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका विषयलाई समेटेर राजमोले अन्तरक्रिया गर्ने तयारी गरेको भएपनि बदलिँदो परिस्थितिमा अन्तरक्रियाको विषय परिवर्तन गरेको हो ।