मेघराज रिष्मेली, जापान ।
जापानमा एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका १० पाण्डपखानी स्थायी घर भई हाल पारिवारिक भिषामा जापानमा रहेका बेलु पुनको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।
Advertisement
पारिवारिक श्रोतका अनुसार, पूनलाई कोरोना संक्रमण भएको लक्षणहरु देखापरेपछि कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । उनको निधन भने हृदयघातका कारण भएको हुनसक्ने आफन्तको अनुमान छ ।
जापानको नागोया आईचि केनमा परिवारसहित बसोबास गर्दै आएकी बेलुको ३ जना छोराछोरी र श्रीमान रहेका छन्