जापान । जापान नेपाली एकता समाजले अमेरिकी सहयोग परियोजना ‘एकसीसी’ विरुद्ध स्वदेशमा चलिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेको छ । समाजले एक विज्ञप्तिमार्फत एमसीसीविरुद्ध ऐक्यवद्धता प्रकट गरेको हो ।
Advertisement
महासचिव तेजेन्द्र क्षेत्रीले जारी गर्नुभएको विज्ञप्तिमा एमसीसी नेपालको पञ्चशील र असंलग्न परराष्ट्र नीतिका विरुद्ध भएको भन्दै त्यसलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
एमसीसीविरुद्ध नेपालमा नेकपा (मसाल) लगायत राजनीतिक दल तथा संघ संस्थाहरुले आन्दोलन गरिरहेका छन् ।
