• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

तुइन प्रकरणमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीको पहल गर्न मसालको माग


  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले दार्चुला तुइन प्रकरणमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

    Advertisement

    घटना छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको र सो प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीको संलग्नता उल्लेख भएको सन्दर्भमा आवश्यक कारबाहीको पहल गर्न मसालले माग गरेको हो ।

    गएको साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा तुइनको लठ्ठासँगै खसेर जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

    महामन्त्री मोहनविक्रम सिंहले प्रेशित गर्नुभएको वक्तव्यमा एसएसबीलाई न्यायको कठघरामा उभ्याउनुका साथै धामीको परिवारलाई आवश्यक क्षतिपुर्तिको व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।

    यस्तै, मसालले एमसीसी अघि नबढाउन सरकार र सरकारमा सामेल दलहरुसँग आग्रह गरेको छ । एमसीसीविरुद्ध उभिन मसालले आम जनतासित अपिल पनि गरेको छ ।

    यस्तो, छ वक्तव्य 
    १. अहिले एमसीसीलाई संसदद्वारा पारित गराउन गठवन्धनमा भइरहेका छलफलप्रति ने.क.पा.(मसाल)को गम्भीर ध्यान आकर्षण भइरहेको छ । पहिले जस्तै अहिले पनि हाम्रो यो स्पष्ट र दृढ मत छ कि त्यो सम्झौता नेपालको राष्ट्रियता, सार्वभौमिकता र वृहत्तर हितका विरुद्ध छ ।

    २. त्यो सम्झौता इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यो कुरा स्वयम् उच्च अमेरिकी अधिकृतहरूले पनि स्वीकार गरिसकेका छन् । त्यसको उद्देश्य हिन्द प्रशान्त क्षेत्रका देशहरूमा चीन विरोधी मोर्चावन्दी गर्नु र त्यसमा नेपाललाई पनि सामेल गराउनु हो । त्यसको परिणामस्वरुप नेपाल अमेरिकी सैनिक क्याम्पमा सामेल हुन पुग्नेछ र नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । त्यसबाट नेपालको चनिसितको मैत्रीपूर्ण सम्बन्धमा पनि आँच पुग्नेछ र नेपाल युद्धको अखडा बन्नेछ । त्यसबाट कैयौँ दुरगामी दुष्परिणामहरू हुनेछन् । त्यसैले त्यो सम्झौतालाई संसदद्वारा पारित गराउने प्रयत्नलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ ।

    ३. पहिले गठवन्धनद्वारा अनुमोदन गरिएको न्यूनतम कार्यक्रममा एमसीसीलाई सामेल गरिएको थिएन । अहिले पुनः त्यसलाई किन अगाडि बढाउने विचार गरिएको छ ? त्यसका लागि हामीलाई आश्चर्य र दुःख लागेको छ । पहिले जस्तै अहिले पनि हाम्रो यो विचार छ कि अहिलेको गठवन्धनको सरकारको कार्यकालमा एमसीसी वा त्यही प्रकारका अन्य विवादग्रस्त विषयहरूलाई उठाउनु सही हुने छैन ।

    ४. सञ्चार माध्यमहरूद्वारा थाहा भएअनुसार एमसीसीलाई पारित गराउन सरकारमाथि दबाब दिन उच्च अमेरिकी अधिकारीहरू छिट्टै नेपाल आउँदै छन् । उनीहरूले एमसीसीलाई पारित गराउन लगातार जोड दिनुका पछाडिको उद्देश्य आफ्ना साम्राज्यवादी रणनीतिक उद्देश्य पूरा गर्नु नै हो भन्ने कुरा प्रष्ट छ । त्यसरी एमसीसीका विरुद्धको सङ्घर्ष खाली एउटा राष्ट्रिय प्रश्न मात्र नभएर अन्तर्राष्ट्रिय प्रश्न बन्न गएको छ । त्यसकारण एमसीसीलाई पारित हुन नदिन व्यापक जनमत र जनदबाब सिर्जना गर्नुपर्ने आवश्यकता छ र त्यसका लागि हामीले सम्पूर्ण देशभक्त नेपाली जनतासित अपील गर्दछौँ ।

    ५. महाकालीको तुइन काण्डको छानविनको लागि बनेको आयोगले आफ्नो प्रतिवेदन सरकारमा बुझाइसकेको छ । त्यसमा भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुडाइएको कारणले नै जयसिंह धामीको हत्या भएको कुरा स्पष्टसित उल्लेख गरिएको छ । त्यो छानविनको कार्यमा भारतीय पक्षले सहयोग नगरेको कुराको पनि त्यो प्रतिवदनमा उल्लेख गरिएको छ । त्यसका लागि पनि हाम्रो पार्टीले गम्भीर क्षोभ प्रकट गर्दछ ।

    ६. उक्त विषयमा भारतसित उच्च स्तरको कुटनीतिक वार्ता गरेर त्यो अपराधजन्य कार्यमा संलग्न भारतीय अधिकारीहरूलाई न्यायको घेरामा ल्याउन र अपराध अनुसार सजाय दिलाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन शीघ्र प्रभावशाली कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ ।

    ७. राष्ट्रिय जनमोर्चा सरकारमा सामेल नभएको विषयमा कैयौँतिरबाट प्रश्न उठ्ने गरेका छन् । यस सन्दर्भमा हामीले के स्पष्ट गर्न चाहन्छौँ भने आवश्यकताअनुसार सरकारमा सामेल हुने हाम्रो नीति अहिले पनि खुला छ । तर कुन बेला सरकारमा सामेल हुने वा नहुने ? त्यो कुरा कुनै खास बेलाको परिस्थिति, राजनीतिक आवश्यकता र सरकारको प्रकृतिमाथि विचार गरेर नै हामीले निर्णय गर्ने गर्दछौँ । हामीले ओलीको प्रतिगमनका विरुद्धको संघर्षमा सहमत हुने विभिन्न राजनीतिक शक्तिहरुसित गठवन्धन गरेर प्रतिगमनका विरुद्ध संघर्ष गरेका थियौँ ।

    अहिले बनेको गठवन्धनको सरकारलाई पनि हामीले आफ्नो समर्थन दिएका छौँ । तर गठवन्धनमा भएका विभिन्न राजनीतिक संगठनहरूसित हाम्रा गम्भीर प्रकारका मतभेद भएको कुरा आम रूपमा थाहा भएकै कुरा हो । त्यो अवस्थामा सरकारमा सामेल हुँदा हामीले सहज रूपमा काम गर्न मुस्किल पुग्दथ्यो र असहमति भएका विषयहरूमा विरोधको आवाज उठाउन पनि मिल्दैनथ्यो ।

    त्यसैले हामीले सरकारमा सामेल नहुने र त्यसलाई बाहिरबाट समर्थन गर्ने नीति लिएका छौँ । त्यसका साथै गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने हाम्रो नीति हुने कुरा पनि हामीले प्रष्ट गरेका छौँ ।
    मितिः २०७८।०५।१८
    मोहनविक्रम सिंह
    महामन्त्री

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.