खिमराज चालिसे, चंडिगढ ।
भारतको चंडिगढमा एक नेपाली युवा लुटिएका छन् । सल्यान जिल्लाको सारदा नगरपालिका– १५ हरल्ले घर भएका खेलबहादुर भण्डारीको छोरा वर्ष २१ का प्रदीप भण्डारीले बुधबार लुटिएको बताएका छन् ।
गत ३१ अगस्त नेपाल जान भनि हिमाञ्चलको रोहडुबाट हिँडेका प्रदीप भण्डारी १ सेप्टेम्वर बिहान शिमला पुगेको र त्यहाँबाट आफ्नो साडु सँगै हिँडेको बताउँछन् ।
उनी चंडिगढमा बसबाट झरेपछि सँगै आएका नेपाली हरुले चिसो र नास्ता खाउँ भनेपछि भरोसा गरेर उनिहरु सँगै चिसो खाए पछि वेहोस भएको र होस आएपछि आफूसँग भएको नगद ३२ हजार नेरू पनि लुटिएको बताएका छन् ।
उनलाई युगदर्शन सम्वाददाता खिमराज चालिसेको पहलमा सागर एण्ड सगरमाथा टुर एण्ड ट्रावल्सले सम्पूर्ण खर्च ब्यहोर्ने गरी नेपाल पठाइएको छ ।
यात्राको दौरानमा सतर्कता न अपनाउँदा भारतका विभिन्न स्थानहरुमा नेपालीहरुबाट नै नेपालीहरु लुटिने ठगिने गरेको समाचार लामो समयदेखि आइरहेको सन्दर्भमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले सबै नेपालीहरुलाई सचेत पार्ने, स्थानीय प्रसाशनको ध्यानाकर्षण गराउने, पत्रकार सम्मेलन गर्ने लगायतका कार्यहरु गरिरहेको छ । यसप्रकारका असामाजिक तत्वहरुबाट बच्न व्यापक जनचेतनाको आवश्यकता देखिन्छ ।

