काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २९० को परीक्षणमा गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् ।
आज ४४ जनाको मृत्यु भएको छ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।
यस्तै, आज काठमाडौंमा ५१५, ललितपुरमा ८८ र भक्तपुरमा १४२ जना गरी काठमाडौं उपत्यकामा जम्मा ७४५ जनामा संक्रमण पुष्टि भएको छ।