काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरिबाट दुई हजार ५२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टिजेन परीक्षणमा दुई हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मङ्गलबार देशभर दुई हजार ८६ जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३५ एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
देशभर ३८ हजार २५० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १०५ भने ६२० जना आइसियुमा र १७० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।