काठमाडौँ । नेपालमा गत २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ११ हजार ३२६ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएका हुन् ।
Advertisement
यो अवधिमा एक हजार ९२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो केही दिनयता कोरोना सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढ्न थालेको छ ।
सोमबार २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको सङ्ख्या १० हजार ५३३ जना पुगेको छ ।
सोमबार देशभर ३८ हजार ३५१ जना सक्रिय सङ्क्रमित देखिएका छन् ।