काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९२० कोरोना सङ्क्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २४८ जना सङ्क्रमित भने निको भएर घर फर्केका छन् ।
देशभर गरिएको नौ हजार ४४३ पिसिआर र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षणका क्रममा एक हजार ९२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या पिसिआरतर्फ सात लाख ४७ हजार ४३३ र एन्टिजेनतर्फ ८० हजार २०९ पुगेको छ । कुल सङ्क्रमितमध्ये ३८ हजार ७५१ सक्रिय सङ्क्रमित छन् ।
गत २४ घण्टामा दुई हजार २४८ जना सङ्क्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको सङ्ख्या छ लाख ९८ हजार १७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५०९ पुगेको छ ।
अहिलेसम्म ३५ हजार ५५५ जना होम आइसोलेसन र तीन हजार १९६ जना संस्थागत आइसोलेसनमा छन् । ४२१ जना क्वारेन्टाइन, ६८१ जना आइसियु र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।