पाल्पा । पाल्पामा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । भारतले बनाएको जाली नक्सा जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
Advertisement
प्रहरी हस्तक्षेपका बावजुद जाली नक्सा जलाइएको राजमो पाल्पाका अध्यक्ष बिशाल दर्लामीले जनाकारी दिनुभयो । बुधबार साँझ राजमोले मसाल जुलुशसहित भारतले बनाएको जाली नक्सा जलाएको हो ।
सदरमुकाम तान्सेनमा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अधयक्ष विशाल दर्लामी,अखिल (छैठौ)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पुरन पोख्रेल र केन्द्रीय सदस्य सुदिप पौडेलले सम्बोधन गर्नुभएको थियो ।
प्रहरी दमनपछि राजमाे पाल्पाका अध्यक्ष दर्लामीले भन्नुभयाे, ‘प्रहरी हर्कतको घोर निन्दा एबम भ्रत्सना गर्दछौं ! साथै राष्ट्रियता रक्षा को निम्ति जस्तोसुकै संघर्ष गर्न पनि तयार हुनेछौं ।’
https://www.youtube.com/watch?v=UCKj_HsaCiA&feature=share&fbclid=IwAR0vFkDOcUdbGftoKI84cJP53BKeV-1ivTI-O4bG34Ws894h5TLl2UhYmtc