काठमाडौँ । गत २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । १६ हजार ४३८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
Advertisement
यो अवधिमा दुई हजार १२६ जना डिस्चार्ज भएका छन् ।
बिहिबार ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ ।
बिहिबार सक्रिय सङ्क्रमितको सङ्ख्याका ४० हजार ५ सय रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौँ उपत्यकामा ८६७ जना सङ्क्रमित थपिएका छन्, जसमा काठमाडौँमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना रहेका छन् ।